पहिलो भेटमा तिमी त्यति राम्री थिइनौ जहिले
जति देख्यो त्यति राम्री लाग्न थाल्यो अहिले
बैश छदा कस्ती थियौ देख्या हैन मैले
देख्या भए चोरी ल्याउथे त्यसै बेला मैले
अब पनि चोरु भने मार्लान तिम्रा पोइले
चोरी गर्नु महापाप हो बुझेको छु मैले
त्यै भएर चोर्नलाई हिम्मत छैन अहिले
त्यसले त बसेकोछु आत्मा जलाई जहिले
त्यसै गुनगान गाएको हैन तिम्रो बारे मैले
जस्तो देख्छु उस्तै भन्छु नरिसाउनु जहिले
सम्झी दिए पुग्छ मलाई नभेटेनी कहिले
तिम्रो बर्णन गर्नलाई नै कवि भएछु अहिले