पंचायती व्यस्थामा सबको मुखमा चाबी थियो
त्यो बेलामा मण्डलतन्त्र जताततै हाबी थियो
प्रजातन्त्र आएपछि स्वतन्त्रता बढी भयो
अषाढको भेल सरि पार्टी हरुको भेल भयो
भाइ भाइ बीचमा पनि अलग पार्टी भए
भाषण सुन्न जनताहरू नेता पछि धाए
नेताहरुको भाषण सुनी भोक प्यास मारी
घरका सबै बस्तु भाउ बिल्लीबाठ पारी
भोट मागी जितउनलाई सबै जना जुटे
आपसमा मिलिकन बिपक्षीलाई कुटे
सोझा साझा जनताहरुको दिमागलाई भुटे
जति सक्दो धेरै रकम सक्नेसँग लुटे
विजयको जुलुस लिई नेता पछि लागे
नेता भेट्न गाउँ छोडी शहर सबै भागे
नेतालाई फुर्सद छैन उद्घाटनमा ब्यस्त
जनतालाई दुख मात्रै नेताहरुलाई मस्त
आफ्नो गाउँको नेता भेट्न धेरै कुरी बसे
त्यहीँ बेला नेता गई पजेरोको भित्र पसे
हात हल्लाई वाईवाई भन्दै उनी टाप कसे
कार्यकर्ताहरू सबै जिल्ल नेता डिस्को पसे
प्रजातन्त्र गणतन्त्र सबै भए स्वार्थ तन्त्र
जनताहरुलाई चाहिन्छ नै सच्चा जनतन्त्र
यहीनै हो मेरो दिलको सबैलाई मन्त्र
हैन भने ल्याए हुन्छ त्यहीँ राजतन्त्र
