Skip to content

नेतातन्त्र मेरो दिलको मन्त्र


पंचायती व्यस्थामा सबको मुखमा चाबी थियो
त्यो बेलामा मण्डलतन्त्र जताततै हाबी थियो
प्रजातन्त्र आएपछि स्वतन्त्रता बढी भयो
अषाढको भेल सरि पार्टी हरुको भेल भयो

भाइ भाइ बीचमा पनि अलग पार्टी भए
भाषण सुन्न जनताहरू नेता पछि धाए
नेताहरुको भाषण सुनी भोक प्यास मारी
घरका सबै बस्तु भाउ बिल्लीबाठ पारी

भोट मागी जितउनलाई सबै जना जुटे
आपसमा मिलिकन बिपक्षीलाई कुटे
सोझा साझा जनताहरुको दिमागलाई भुटे
जति सक्दो धेरै रकम सक्नेसँग लुटे

विजयको जुलुस लिई नेता पछि लागे
नेता भेट्न गाउँ छोडी शहर सबै भागे
नेतालाई फुर्सद छैन उद्घाटनमा ब्यस्त
जनतालाई दुख मात्रै नेताहरुलाई मस्त

आफ्नो गाउँको नेता भेट्न धेरै कुरी बसे
त्यहीँ बेला नेता गई पजेरोको भित्र पसे
हात हल्लाई वाईवाई भन्दै उनी टाप कसे
कार्यकर्ताहरू सबै जिल्ल नेता डिस्को पसे

प्रजातन्त्र गणतन्त्र सबै भए स्वार्थ तन्त्र
जनताहरुलाई चाहिन्छ नै सच्चा जनतन्त्र
यहीनै हो मेरो दिलको सबैलाई मन्त्र
हैन भने ल्याए हुन्छ त्यहीँ राजतन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *