हिमचुलीको खोलाबाट बगिदिए पनि
छाल बनी आइदिनु किनारतिर अनि
त्यै किनारमा पर्खी बस्छु तिम्रै बाटो हेरी
नभुल्नु है मेरो कुरा तिमी नै हौ मेरी
त्यो बनमा फुल्छौ भने गुरास बनी फूल
तिमीलाई गुमाउनु नै मेरै थियो भूल
घाँस दाउराको निउ गरी त्यै बनमा आउँछु
त्यै गुराँसको रुखमा बसी तिम्रै गीत गाउँछु
मेरो लागि तिम्रो दिलमा खाली भए ठाउँ
भनी मात्रै देऊ प्रिय कहिलेदेखि म आऊँ
बिपनीमा भन्छौ भने धेरै टाढा हामी जाऊ
सपनीमा भन्छौ भने कति बजे भेट्न आऊ
