खोक्रो आत्मा भए पनि तिम्रो सामु हाँस्न सक्छु
भोको पेट भए पनि दुई चार दिन बाँच्न सक्छु
तिम्री लागि मेरो जीवन गलत नै भए पनि
सच्याउने छु म त्यस्ता गल्तीहरूलाई पनि
जीवनमा अघि बढ्दा खुट्टा तान्ने मात्रै पाउछु
जती खुट्टा ताने पनि अघि बढ्ने कोसिस गर्छु
मायालुको माया पाए मुटुभित्र राख्ने थिएँ
मायालुले धोका दिए एक्लै भए नि बाँच्ने थिएँ
साउनमा खोला तर्दा भेल आई बग्न सक्छु
मायालुले साथ दिए त्यो भेलमा तर्न सक्छु
तिमीलाई मैले गर्दा जति दुख भए पनि
आत्मादेखि चाहेको म मरेर गए पनि
तिम्रो साथ पाएदेखि अरु धेरै बाँच्ने थिएँ
तिम्रो मुटुमा डेरा पाए त्यहाँ बसी हाँस्ने थिएँ
( २०५४/०५/०४ को सन्ध्याकालीन दैनिकमा प्रकाशित मेरो कविता )
