तिमी फुल्यौ भन्ज्यांग पारी म चै परेँ वारी
त्यो भन्ज्यांगको बिचमा पर्यो ठुलो काडा घारी !
काडा काटी आउ भन्दा च्यात्ला तिम्रो सारी
कसरि पो दिन रात काट्नु तिम्लाई माया मारी !!
आउनै परे म नै आउँछु त्यो काडालाई काटी
सुनको औठी ल्याई दिउँला भैसीसँग साटी !
अनि सँगै बसौँला है त्यही मंगलबार राति
देउरालीलाई चढाउँला है दुवै मिली फूलपाती !!
जुनकिरीको उजेलोलाई पछ्याउदै म आउँछु
जति कस्ट भए पनि तिम्लाई पाउन धाउछु !
मेरो लागि तिमी पनि कुर्छौ होली मैन बाली
तिमी मेरी हुन्छौ कि पक्कै पनि यस पाली !!
