Skip to content

मेरो माया मलाई छोडी कहाँ गयौ नि

  • by


मेरो माया मलाई छोडी कहाँ गयौ नि
मलाई एक्लै बनाएर टाढा भयौ नि !

तिम्रो यादमा कति कति बितिसके रात
अब मैले कहिले पाउने तिम्रो न्यानो साथ !
तिमी बिना जिन्दगी नै अन्धकार देख्छु
तिम्रो साथ पाए मात्रै म त अघि बढ्छु !

बिछोडको बेदनाले चर्की रहेछ छाती
बिपतीको कुहिरो लाग्यो यो जीवनमाथि
दिन रात आइरहन्छन आँशुको त धारा
चाँडै भेट दिए हुन्थ्यो मेरो प्राण प्यारा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *