केही पछाडिएको दीर्घामा बसेर
धेरै आत्मीय, आदरणीयजनहरूको
शुभकामना, सदभावना, हार्दिकता
बोकिसकेपछि,
बिजुलीका तरँगहरूबाट
फोन, इमेल र फेसबुकहरूमा
तपाईहरूका मधुर आकांक्षाहरूबाट
नयाँ बर्ष शुरु गरिसकेपछि,
म पनि चाहन्छु –
आउँदो बर्षको फूलवारीमा
एकजोर मनमोहकताका बेर्ना रोप्न
जो तपाईका जिन्दगीमा
सुगन्धका अक्सिजन दिन सकुन,
र फेर्न चाहन्छु
एक जोर पुराना व्याट्रीहरू
पुराना बर्षहरूका,
जो चिर्न सकुन
नयाँ वर्षका अँध्याराहरू
शुभकामनाका प्रकाशहरूले ।
दीपेन्द्र अपजसी
नयाँ वर्ष २०१३, बागलुङ, हाल ओस्टण्डे बेल्जियम ।
