Skip to content

अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के सी


बेल्जियम ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको अध्यक्षमा दीपेन्द्र के सी आगामी दुई वर्षका लागि छनोट भएका छन ।

१० फेव्रुअरीका दिन स्थानीय लुभेनमा सम्पन्न समाजको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमितिको निर्माण गरेको छ ।

समितिमा राजकुमार पुडासैनी उपाध्यक्ष, दीपक ज्योति पौडेल महासचिव, जे वी शेर्पा सचिव, परमानन्द सापकोटा कोषाध्यक्ष र सदस्यहरूमा पँचम अधिकारी, हरि श्रेष्ठ, मोहन खत्री, नन्दराज घले, विष्णु सापकोटा र डिल्ली अम्गाइँ रहनु भएको छ ।

हालैमात्र आदिकवि भानुभक्त आचार्यको २०० शतवार्षिकी देशविदेशमा मनाउन नेपाल सरकारव्दारा गठित मुल समारोह समितिमा अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष विमल गिरी मनोनयन हुनुभएकोमा समितिलाई धन्यवाद ज्ञापन गर्दै आदिकवि जयन्ती विषेश रुपमा मनाउन स्थानीय संघसँस्था र व्यक्तिहरू सम्मिलित समारोह समिति निर्माण गर्न विमल गिरीको सँयोजकत्वमा गतिविध अगाडि बढाउने निक्र्योल पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *