Skip to content

भ्यालेण्टाइन डे


क्यालेण्डरमा दोहोरीनेछन्
ती दिनहरू,
फूलवारीमा फेरि
फक्रनेछन् ती फूलहरू !

तर,
फेरि जन्मनेछैन
मेरो “भ्यालेण्टाइन डे”
र, फक्रने छैन
मेरो सबैभन्दा “प्रिय गुलाफ”
जसले सँगै
विष पिएका थिए, त्यो रात
जति वेला-
शहरभरि फैलिएको थियो
तिम्रो प्रेमको मृत्युको खवर !

विचराहरूलाई के थाहा ?
अफवाहको १४ फेव्रुअरी
कसैको प्रेममाथि डाँका हालेर
भ्यालेण्टाइन मनाइरहेछ
१ यूरोको आयातित गुलाफले
मदहोसीमा मातेर
छाडा रातहरूमा । ।

दीपेन्द्र अपजसी, बेल्जियम
बागलुङ, हाल ओस्टण्डे बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *