म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।
संस्कृत भाषाको स्रोत वेदमा गएर ठोक्किन्छ । वेदलाई नै ज्ञान भनिदो रहेछ बोलचालको भाषामा । वेद भनेको कुनै एउटा व्यक्तिले कुर्चीमा बसेर लेखेको महाकाव्य होइन रहेछ । त्यो त सभ्यताको आदिम कालदेखि सभ्यताले सिन्धु नदी काट्दासम्मका गीतहरू समावेश गरिएका रहेछन् । यथार्थमा वेदलाई संस्कृतका ऋचा र मन्त्रहरूमा बाँध्नु भन्दा अलग अलग कालखण्डमा जनताको जीवनलाई सम्बोधन गरेर रचिएका लोकगीतहरूको सँगालो भन्दा उपयुक्त हुने रहेछ ।
हाम्रा पितापुर्खाबाट वेदलाई अस्पृष्य बनाउने काम भयो । त्यसलाई मन्त्र बनाइयो । त्यसलाई आˆनो भातपानी चलाउने मेसो बनाइयो । त्यसैले नेपाल भारत जस्ता मुलुकहरूमा वेद तिरस्कृत हुँदै गयो भने जर्मनी तथा प|mान्सका विश्वविद्यालयहरूमा संस्कृतको वास्तविक पढाइ हुनथाल्यो । यूरोपेलीहरू अघि बढ्नु र दक्षिण एसियालीहरू पछि पर्नुमा थोरथारै भए पनि संस्कृत शिक्षाको साँघुरीकरण र तिरस्कार गम्भीर रूपमै जिम्मेवार छ ।
वेदलाई अज्ञानीहरू हिन्दु धर्मसँग जोड्दछन् । यथार्थमा वेद ज्ञान हो, शिक्षा हो । तर हिन्दु भिन्न भिन्न समयमा भिन्न भिन्न संस्कृतिमा लपेटिँदै आएको फराकिलो मानव संस्कृति हो । यथार्थमा हिन्दु कुनै धर्म नै होइन । किनभने त्यसमा अरु धर्महरूमा पाइने धार्मिक कट्टरता नै छैन । सँुगुर छुन नहुने पनि हिन्दु, सुँगुर खाने पनि हिन्दु । जात मान्ने पनि हिन्दु, जात नमान्ने पनि हिन्दु । गाईलाई पवित्र मानेर पूजा गर्ने पनि हिन्दु, गाई खाएर अघाउने पनि हिन्दु । टिका लाउने पनि हिन्दु, टिका नलाउने पनि हिन्दु । यस्तो विचित्रको धर्म यो संसारमा अन्य कतै देखिएको छैन ।
तर आजको सन्दर्भ हिन्दु धर्म होइन, आजको सन्दर्भ हो देवी देवतासम्बन्धी छोटो चर्चाको ।
हिन्दु धर्ममा ब्रहृमालाई महापिता मानिन्छ । उनलाई सृष्टिकर्ता मानिन्छ । उनलाई ठूलै देवता मानिन्छ । तर अहिलेका यी अलौकिक ब्रहृमालाई वेदमा यसरी परिचय दिइएको छ हे इन्द्रदेव, स्तुति गर्ने स्तोताहरूले तिमीलाई पुज्य मानेर मन्त्रोच्चारणद्वारा आदर गर्दछन् । बाँसका चोकेमाथि चढेर चटक देखाउने नट वा नर्तक जस्ता ब्रहृमा नामका ऋत्विकले श्रेष्ठ स्तुतिगान गर्दै तिमीलाई प्रोत्साहित गर्दछन् ।”
तिलकप्रसाद लुइँटेलले नेपालीमा अनुवाद गर्नुभएको ऋग्वेदको पृष्ठ ८ मा लेखिएको यो उद्धरणले ब्रहृमालाई देवता मानेको छैन । तर यति मात्रै उद्धरण दिँदा इन्द्र चाहिँ देवतै पो हुन् कि भन्ने भ्रम फिँजिने भएको हुनाले थोरै चर्चा इन्द्रका बारेमा पनि गरिहाल्नु बाञ्छनीय होला ।
वेदमा इन्द्रका धेरै सन्दर्भ छन् । एक ठाउँमा तिनी सय यज्ञ गर्ने शतक्रेतु भएका छन् । एक ठाउँमा तिनी गोठालाहरूका मुखिया भएका छन् । एक ठाउँमा तिनी खेतीपातिका नायक भएका छन् । एक ठाउँमा तिनलाई गणनायक भनिएको छ । इतिहासको विकासक्रमको वैज्ञानिक अध्ययन गर्ने हो भने हामीले अहिलेसम्म देवताहरूका राजा मान्दै आएका इन्द्र, मातृसत्ता समाप्त भएपछिको सभ्यतामा लामो समयसम्म केन्द्रीय वृत्तमा रहेका व्यक्तिहरूको समूह हो । नेपालका पुराना शासक नायकहरूलाई राजा भनिएजस्तै हजाराँै वर्ष पहिलेका मुखिया, नायक अथवा राजाहरूलाई इन्द्र भनिन्थ्यो भनेर बुझ्नु उपयुक्त हुन्छ । किनभने इन्द्रको स्तुतीमा यस्ता गीतहरू रचिएका छन् हे बज्रधारी इन्द्र, गोठबाट छोडिएका गाईहरूझँै हाम्रो धन पनि सबैतिर फिँजाइदेऊ । … हे इन्द्रदेव, तिमीले गाई चोर्ने असुरको व्यूह नष्ट गराइदियौ । असुरहरूबाट पराजित भएका देवताहरू तिमीसँग आएर संगठित भए । … हे इन्द्रदेव युद्धका बेलामा तिम्रो ख्याति पृथ्वीदेखि द्युलोक -भनेको ब्रहृमाण्ड) सम्म फैलिन्छ । … हे इन्द्रदेव, हामीबाट गरिएका स्तुतिले सबै तिरबाट तिम्रो आयु बढाउँदै तिमीलाई यशस्वी गराउन् । … हे याजकहरू, सम्पूर्ण कार्यहरू पूरा गर्ने इन्द्रदेवको सामथ्र्य बढाइदिने यो सोमरस -भनेको रक्सी) उनैलाई अर्पित गर ।
यस्ता दर्जनौँ उदाहरणहरू ऋग्वेदमा पाइन्छन् जसले इन्द्रलाई बलशाली पुरुषको रूपमा चिनाएको छ । बल बुद्धि बाहेक इन्द्रमा कुनै अलौकिक एवं चामत्कारिक गुणहरू भेटिँदैनन् । मातृसत्ता समाप्तै भैसकेको र त्यसका ठाउँमा पितृसत्ताले आˆनो सत्ता कायम गर्न अघि सारेको एउटा वंश परम्परा नै इन्द्रका रूपमा वेदमा उपस्थित भएको देखिन्छ ।
ऋग्वेदमा देवीदेवता हुँदै नभएका चाहिँ होइनन् । पृष्ठ ११ मा उषा -अर्थात् बिहानी) लाई देवी मानी यज्ञमा आमन्त्रण गरिएको छ भने पृष्ठ २१ मा वरुण -अर्थात् पानी) लाई सम्बोधन गर्दै भनिएको छ हे वरुणदेव मन्त्ररूपी वाणीले हामी तिम्रो स्तुती गर्दछौँ । अग्निदेवको स्तुती सबैभन्दा धेरै ठाउँमा गरिएको छ । पृष्ठ २२ मा भनिएको छ अमर देवताहरूमा हामी पहिले अग्नि -अर्थात् आगो) देवको स्तुती गरौँ । त्यसैगरी ऋग्वेदले पृथ्वीलाई पनि यसरी देवीको सम्मान दिएको छ पृष्ठ १८ मा हे पृथ्वीदेवी, तिमी सुखदातृ हौ । बाधा हटाएर उत्तम आवास दिन सक्षम छौं ।
अर्थात् ऋग्वेदले देवी देवता मानेकाहरूमा उषा, पृथ्वी, सूर्य, अग्नि, वरुण सबैभन्दा माथि छन् । पुरानो सभ्यतामा उषाले उज्यालो झल्काउने, पृथ्वीले बास दिने, सूर्यले ताप दिने, अग्निले खाद्यपदार्थमा स्वाद भर्ने र पानीले जीवन दिने भएको हुनाले -जस्तो पृष्ठ २० मा भनिएको छ जलमा अमृत समान गुण छ । जलमा औषधिको गुण छ । देवताहरू हो, यस्तो जलको प्रशंसा गर्न तिमीहरू उत्साहित होओ) हाम्रा प्राचीन पुस्ताहरूले यी भौतिक वस्तुहरूलाई आˆनो साँघुरो ज्ञानचेतनाका कारण देवीदेवता माने ।
भौतिक वस्तुलाई देवदेवी मान्ने संस्कार हामीले आजभन्दा पचास वर्ष अगाडिसम्म देखिरहेकै थियौँ । नेपालमा महिलाहरू प्रत्येक पूणिर्माका दिन चन्द्रमालाई भगवान् मानी सन्ध्यापूजा गर्ने गर्थे । गाउँघरमा आजभोलि पनि ग्रहण लाग्दा पानी छोइन्छ भन्ने अन्धविश्वास बाँचिरहेकै छ ।
हिन्दुहरू ३३ करोड देवीदेउता भएको विश्वास गर्दछन् । दक्षिणएसियाली सामन्तवादको यो एउटा अनौठो अन्धविश्वासी उपहार हो । संस्कृत धेरैका लागि अलभ्य भैसकेपछि टोलटोलमा नयाँ नयाँ देवीदेउताहरू जन्मिन थाले । त्यसलाई अधिकतम् अन्धविश्वासको जालोभित्र बेर्ने प्रयत्न भयो पुरोहितहरूबाट । हजारौँ वर्षको अनुभव बोकेका वेदहरूलाई शुद्र र नारीहरूले पढ्नै नहुने पवित्र ज्ञानका रूपमा चित्रित गर्ने गलत काम भयो । वेदलाई ज्ञान होइन, स्वर्ग र नरकको ढोकाका रूपमा चिनाउने नचाहिँदो काम पनि हाम्रा पूर्वजहरूबाट भयो । पुरानो ज्ञानलाई वैज्ञानिक विश्लेषणमा पर्घेल्ने भन्दा, त्यसलाई झन्झन् रहस्यमय बनाउने नकाम पनि पुरानो समयका अगुवाहरूले गरे । राजालाई विष्णुको अवतार बनाउने षडयन्त्र सामन्तवादको ठूलो सफलता ठहरियो प्रकारान्तरले । शक्तिपीठहरूका मूल हर्ताकर्तामा राजाहरू नै उपस्थित हुने नियमले राजा र देवतालाई एकाकार गर्ने काम गरियो । जनताको चेतनामा ठप्पा लाउनुपर्ने हुनाले वेदका भौतिकवादी ऋचाहरूलाई अभौतिक बनाउने जालसाजी पनि भयो ।
यस्तो गलत कार्यशैलीले हामीलाई आˆनै इतिहासबाट विरत् बनायो । पूर्वीय दर्शन विनाकारण प्रताडनाको सिकार भयो । वास्तविक ज्ञानका ढोकाहरूलाई जस्केला बनाइयो र नक्कली ज्ञानलाई मूलदैलोको दिशा दिइयो । यसलाई अब हाम्रो पुस्ताले सच्याउनु पर्दछ ।
अन्तमा एउटा रमाइलो सन्दर्भ । केटाकेटीमा व्रतबन्ध गराउँदा गुरुले गायत्री मन्त्र सुनाउँदा रहेछन् । व्रतबन्ध नगरेकाले त्यो मन्त्र सुन्यो भने सुन्ने र सुनाउने दुवै बौलाहा हुन्छन् भन्ने ज्ञान पनि त्यो मन्त्रसँगै बाँडिदो रहेछ । मेरो व्रतबन्ध भएन । साथीहरू छेउछेउमा आएर नबुझिने भाषामा मन्त्र जपेजस्तो नाटक गर्थे र मेरो खिसी उडाउँथे । यस्तो नौटङ्की भएको पन्ध्र वर्षपछि मैले बनारसका गल्ली गल्लीमा त्यो ओम् भूर्भुवस्व तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धी महि धीयो यो न प्रचोदयात् मन्त्र टाँसिएको देखेँ । अहिले त त्यो सुन्न सुनाउन नहुने गायत्री मन्त्र सङ्गीतमा सजिएर भूमिवन्दनाका रूपमा नेपालकै रेडियोहरूमा बज्न थालेको छ ।
ज्ञान अथाह गहिरो छ, तर पर्घेल्नै नसकिने भने भइसकेको छैन । समाजलाई अज्ञानी र अन्धविश्वासी होइन, ज्ञानी र भौतिकवादी बनाउने तागत हाम्रो पूर्वीय दर्शनमा पर्याप्त छ ।

As education became an
As education became an apparent need web design and reading, as well as printing, developed advertising expanded to include handbills. In the 17th century advertisements started to appear in weekly newspapers in England. These early print advertisements were domain names used mainly to promote books and newspapers, which became increasingly affordable with high speed internet service advances in the printing press; and medicines, which were increasingly sought after as disease ravaged Europe. However, false advertising and so-called “quack” advertisements became a problem, which ushered in the regulation of web development advertising content.