भावना सुब्बा
चाहे जे होस मैले बुझ्न नसकेको उनको उद्देश्य हो
कुरा केही बर्ष अगाडिको हो । जे जे भन्थिन उनी म मान्दै जान्थे । आज्ञाकारी बालक झै, नमानौ पनि कसरी एक अग्रज, अनुभवी, साहित्य आकाशमा एक नारी हस्ताक्षर पनि साथै अभिभावक जस्तो मान्छे । स्वविवेकले केही गर्न पाउन्नथे, आiफ्नो मनको मालिक आफै भएर नि मनको कुरा गर्दिनथे उनले आह्राएको, खटाउको गर्ने आदत बस्याथ्यो मलाई, भने बमोजिम गर्न बाध्यता त थिएन मनमा डरले घर बनाएको थियो कराउली, रिसाएलीन भनेर हुन पनि मान्यजनको कुरा कसरी काट्नु तर कहिले लाग्दैनथ्यो कठपुतली भएछु, हर आदेश आज्ञा पालना गर्थे कुनै कुरा नकाटी, अटेर, विरोध नगरी ।
कति सुन्दर हुन्थ्यो दुनिया माझ
बोली जस्तो व्यवहार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
पोख्या कुराको सार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
घाँटीमा अड्केको हाड निल्नुन न ओकल्नु हुनु भन्दा सदा
बरु कि आर कि पार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
लगाम बिनाको घोडा जस्तो भाछन हाम्रो देशका नेताहरु
एउटा दह्रो बन्धन बार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
बहुल जाती बहुल भाषी भए पनि भेदभावको पर्खाल छ अझै
सबैको समान अधिकार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
मुख छ भन्दैमा आए जति नसोची बोल्न भ्याएको हुन्छ
बोली बोलीमा दार भए कति सुन्दर हुन्थ्यो दुनिया माझ
छ भनेर पानी जस्तो बगाउनु थाल्यो भने के हुनेछौ सोचौ
