Skip to content


पटक पटक दवाव आए पछि विद्रोही भए म
कटु वचन वाण खाएपछि विद्रोही भए म

मात्र तिमीलाई प्राथमिकता दिदा दिदै पनि
खानुसम्म धोका खाए पछि विद्रोही भए म

आपसमा मिलाउदा मिल्ने कुरा सार्वजनिक गरेर
अड्डा अदालत नै धाए पछि विद्रोही भए म

तिललाई पहाड बनाएर गर्नुसम्म गर्यौ
बिच सडकमा उभ्याए पछि विद्रोही भए म

हातमा केही नपर्ने सुइको पाए पछि भने
मुखमा चिल्लो लाए पछि विद्रोही भए म

कुवाको भ्यागुता ठानेर तिम्ले मलाई
एकदम झुक्याए पछि विद्रोही भए म

जो चोर उसैको ठुलो स्वर हुन्छ भन्छन
कुराहरू उल्झ्याए पछि विद्रोही भए म

के को धाक,घमण्ड गर्यौ, त्यो त थाहा भएन
सम्बन्धको धागो गुजुल्ठाए पछि विद्रोही भए म ।

२० ७०- १ -५

Leave a Reply

Your email address will not be published. Required fields are marked *