नयाँ साल २०७० को र्दिघायुको शुभ कामना
जहाँ जता रहे, पुगे पनि स्वच्छ रहोस भावना
कोही कसैको विरोधी भई विद्रोह गर्न नपरोस्
जस्तै परिस्थीती आए पनि उच्च रहोस् चाहना
परास्त गर्दै विकृत मानसिकताका किटाणुहरू
कमाउन सकौं, सकिरहौं सु-संस्कृतपूर्ण गहना
खुट्टा तान्ने प्रवृति, वैरभाव, छलकपट सारा
जरैबाट उखेल्न खोजी गर्न सकौ बाहना
विकटलाई सुगम बनाउन सक्षम हुऔं
हिमालको ओज झै होउन सबको लहना ।
२०६९-१२- १४
