Skip to content

तिम्रो शहरमा (तीन मुक्तक)


म एक्लिएकी छु तिम्रो शहरमा
म बेग्लिएकी छु तिम्रो शहरमा
छुवाछुत, भेदभाव हटेन अँझै
म अलग्गिएकी छु तिम्रो शहरमा ।।१।।

बोली रैछ छुरा जस्तो
व्यवहार चुरा जस्तो
र्हेदा लाग्छ अधवैशे
कुरा गर्छौ भुरा जस्तो ।।२।।

प्वाल भाको नाउ दियौ
भास पूर्ण ठाउँ दियौ
खाटो बस्न पाको छैन
अर्को नयाँ घाउ दियौ ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *