Skip to content

समाचार बनाई पो लेख्न थाल्यो


महत्व के दिएथेँ टाउको पो टेक्न थाल्यो
खुलेर के बोलेथे अश्लील पो देख्न थाल्यो

गरे जति प्रश्नको जाने जति दिएँ उत्तर
त्यसैलाई समाचार बनाई पो लेख्न थाल्यो

कोमल मन मेरो सकेसम्म गरे सहयोग
हिजो आज हिँडने बाटो पो छेक्न थाल्यो

पेटलाई लात हान्दिन सम्म भन्न पाइन
विषाक्त शब्दको रापले पो सेक्न थाल्यो

जातोमा पिन्दा नि सहे, कमजोर ठानेर
सोझोपनको फाईदा उठाई पो हेप्न थाल्यो ।

First published : 2013-04-25 11:54:38 +0900

2 thoughts on “समाचार बनाई पो लेख्न थाल्यो”

  1. यथार्थमा उत्रेको भाव
    शब्दहरूको संयोजन संगै
    यथार्थमा उत्रेको भाव
    मार्मिक अनि मिठो लाग्यो हजुरको गजल ।

  2. धन्यवाद…………..
    धन्यवाद…………..

    भावनाको यात्रा थाले
    उर्जाको प्रज्वल दिप वाले
    गन्तव्यमा पुग्नु छ, पुन
    प्रतिक्रीयाको आशा पाले

    भावना सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *