सुन्दर शान्त नेपालको चित्र होस
हामी नेपाली मन मुटु भित्र होस
आत्मासात गरी अंगीकार योग्य
राष्ट्रपिता नेताहरूको चरित्र होस
सामन्ती, पाखण्डीको हैकम मात्र हैन
सदा सर्वदा हातेमालो गर्ने मित्र होस
मनोरञ्जनको नाममा उद ङग्याइन्छ
स-परिवारले हेर्न हुने चलचित्र होस
धर्मको आडमा स्वार्थ आोड्न छाडी
मन, वचन, कर्मले सारा पवित्र होस ।
२०६९।१२।२५
