Skip to content

दिवाकर भट्टराई

हजुर गर्नुहुन्छ अनेक काण्ड

हजुर गर्नुहुन्छ अनेक काण्ड, मलाई भन्नुहुन्छ
पूराण सकेपछि केही खण्ड, मलाई भन्नुहुन्छ

हिउँ पगालेर श्रोत जुटाउन, धेरै लागि परेको छु
प्यास मेट्न धाउनुपर्छ कुण्ड, मलाई भन्नुहुन्छ

कसैलाई खरानी, कसैलाई कोइला

कसैलाई खरानी, कसैलाई कोइला चाहिएको छ
बालाई आवश्यकता पुर्याउन दाउरा चाहिएको छ

आमाबुबालाई वृद्धाश्रम पुर्याउन दबाब दिने पत्नी
भन्दैछिन् यीनै छोराछोरीको सहारा चाहिएको छ

कोही टोलाउने मैले बोलाउने

कोही टोलाउने मैले बोलाउने एकैछिनमा हुन्छ !
क्षणभरमा हावाको बहावले मेरो मनलाई छुन्छ !

हर तरहले सम्झाउछन्, मलाई मेरा साथीहरू
विस्वास लाग्न थालेको छ, भगवानले सुन्छ !

जीवनको उत्तरार्धमा छोड्ने

जीवनको उत्तरार्धमा छोड्ने पाजीहरूसँग
किन जोड्नु नाता हिजोका राजीहरूसँग

म त सम्हालिन्छु, मदिराको नसासँगै
छोड्यौ मलाई नाच तिनै दाजीहरूसँग

भाइटीका गजल

दाजुभाइलाई भाइटीकामा, सघाइदिन नभुल्नु है
सुख समृद्धिको कामना गर्दै, जगाइदिन नभुल्नु है

नओइलाउने मखमली, सयपत्री फूलको माला
निधारभरि सप्तरङी टीका, लगाइदिन नभुल्नु है

दशैं (नयाँ उत्साह उमङ्गमा)

नयाँ उत्साह उमङ्गमा, रमाइएको दशैं
तडकभडक मिश्रति हुदै, मनाइएको दशैं

हरपल हरक्षण ममता छावोस् परिवारमा
एक्लोपन महसुस नहुन, बनाइएको दशैं

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ ।

तनहुँमा क्रियाशिल युवा साहित्यकारहरूको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अन्जानमै दुई मन जोडिदिने

अन्जानमै दुई मन जोडिदिने, भगवान पक्कै छन्
प्रेमको परिभाषामा मोडिदिने, भगवान पक्कै छन्

हरेकपल खुसी राख्छु, बिरानो त्यो हाम्रो सहरमा
मेरा खातिर परिवार छोडिदिने, भगवान पक्कै छन्

मायाको निसानी सुरक्षित

मायाको निसानी सुरक्षित, खत मात्रै छ
रात काट्न अन्तिम केवल, छत मात्रै छ

भन्छन् नहट्नु जुनैबेला, सत्कर्ममा बढ्न
हर बिचारमा एक तिहाई, बहुमत मात्रै छ

हरघडी समिपमा झुलाउन

हरघडी समिपमा झुलाउन,कामको कुरा गर्ने
अतिगोप्य ढंगले बोलाउदै, दामको कुरा गर्ने

अनकण्टार डर लाग्दो, ठाउँमा लुकाई राखी
जुनसँग पौठेजोरी खेल्दै, घामको कुरा गर्ने

हरेक बहानामा पाखुरीले हान्ने

हरेक बहानामा पाखुरीले, हान्ने मान्छे तिमी
मुनामदन जस्तै जोडी, छान्ने मान्छे तिमी

औशीको अन्धकार रातमा, जून ल्याइदिन्छु
मनमा विश्वास जगाउन, जान्ने मान्छे तिमी

सुरुवाती दिनमा (मुक्तक)

  • by

१)
सुरुवाती दिनमा एक्लो, तारा थिए म
खुसी रमाइलो दुनियाको, सारा थिए म
यो हबिगत कसले बनायो,जान्न मन छ
बदनाम गर्ने सिकारीको, आहारा थिए म

चर्को घाममा दिनहू

  • by

चर्को घाममा दिनहू, हिड्न मुस्किल छ
प्रकृतिसँग जो-कोही, भिड्न मुस्किल छ
आखिर कसले बुझ्छ, मनको मर्मलाई यहाँ
साथ खोज्न छट्पटाउदै, उड्न मुस्किल छ

खै अनाहक क्रुद्ध, बन्छौ गर्ने के ?

  • by

खै अनाहक क्रुद्ध, बन्छौ गर्ने के ?
अन्धो हुन्छ प्रेम, भन्छौ गर्ने के ?

उल्टो सुल्टो हेर्ने दृश्य, पुरानै लाग्छ
दिलमा सजाई जरो, खन्छौ गर्ने के ?