हरेक बहानामा पाखुरीले, हान्ने मान्छे तिमी
मुनामदन जस्तै जोडी, छान्ने मान्छे तिमी
औशीको अन्धकार रातमा, जून ल्याइदिन्छु
मनमा विश्वास जगाउन, जान्ने मान्छे तिमी
विश्वास मनको टुटेपछि, भट्टीको मोह उस्तै
जति नै धेरै धाउदा पनि, मान्ने मान्छे तिमी
क्षणिक बाध्य बनाई कसैले, नचाहदैमा पनि
खै प्रेममा लिप्त तुल्याई, तान्ने मान्छे तिमी
जब मन दुख्छ, त्यतिकैमा आँसु झर्दो रैछ
जीवनभरको पूर्ण साथ, धान्ने मान्छे तिमी
दिवाकर भट्टराई
दमौली, तनहुँ
