१)
सुरुवाती दिनमा एक्लो, तारा थिए म
खुसी रमाइलो दुनियाको, सारा थिए म
यो हबिगत कसले बनायो,जान्न मन छ
बदनाम गर्ने सिकारीको, आहारा थिए म
२)
हरेक रातमा एक्लो बसेको छु हिजो आज
प्रेमको गहिराईमा फसेको छु हिजो आज
सुखद जीवनको कामना बधाई रे मलाई
सम्बन्धको गाठो कसेको छु हिजो आज
दिवाकर भट्टराई
दमौली, तनहुँ
