अन्जानमै दुई मन जोडिदिने, भगवान पक्कै छन्
प्रेमको परिभाषामा मोडिदिने, भगवान पक्कै छन्
हरेकपल खुसी राख्छु, बिरानो त्यो हाम्रो सहरमा
मेरा खातिर परिवार छोडिदिने, भगवान पक्कै छन्
भित्र-भित्रै रुदै कराई, मौन बसी सबैकुरा लुकाएर
जन्जिर मुस्किलले तोडिदिने, भगवान पक्कै छन्
बास नजिक भएपछि, मन टाढा हुन कहाँसक्छ
सम्बन्धको बाली गोडिदिने, भगवान पक्कै छन्
मेरो तस्वीर नभुल्नु, मैले कसैको तस्वीर समाए
फोटो प्रतिशोधले फोडिदिने, भगवान पक्कै छन्
प्रेम गाथा सुनाई, मनको भारी बिसाउनको निम्ति
विवाहको घुम्टो ओडिदिने, भगवान पक्कै छन्
दिवाकर भट्टराई
दमौली, तनहुँ
