जीवनको उत्तरार्धमा छोड्ने पाजीहरूसँग
किन जोड्नु नाता हिजोका राजीहरूसँग
म त सम्हालिन्छु, मदिराको नसासँगै
छोड्यौ मलाई नाच तिनै दाजीहरूसँग
बेसहारा जिन्दगीमा, संकट अनेक थरी
हराई मलाई जित्यौ होला बाजीहरूसँग
मन भित्र पीडा लुकाएर, सहारा छुटाएर
अनन्त यात्रा गर्नु तिमी माझीहरूसँग
भुल मेरो थिएन, बाध्यतामा टाढा भए
निजि गन्थन नसुनाऊ है काजिहरूसँग
दिवाकर भट्टराई
दमौली, तनहुँ
