हरप्रहर साथ भैगो, रात समर्पण छ
रातसँगै अनेकन, बात समर्पण छ
लोलाएका गगनचुम्वी, अर्धनयनले
उब्जिएका बैसको, मात समर्पण छ
सारथी बनी, जिन्दगीको यात्रा अब
अनन्त गोरेटोमा, हात समर्पण छ
थाहा छैन भविष्य, कस्ले देख्छ खै
कहिल्यै नटुट्ने, साथ समर्पण छ
© दिवाकर भट्टराई
