Skip to content

हरघडी समिपमा झुलाउन


हरघडी समिपमा झुलाउन,कामको कुरा गर्ने
अतिगोप्य ढंगले बोलाउदै, दामको कुरा गर्ने

अनकण्टार डर लाग्दो, ठाउँमा लुकाई राखी
जुनसँग पौठेजोरी खेल्दै, घामको कुरा गर्ने

राम्रोसँग चिनेको म, सम्बन्ध पनि जानेको
अन्जान अपरिचित ढंगले, नामको कुरा गर्ने

जीवन धान्न मुस्किल, भएको देशमा आज
रोजीरोटीको लागि सहज, मामको कुरा गर्ने

सति सावित्री ठान्दै, सीताको उपमा पहिरदै
रावणको पन्जामा उसको, रामको कुरा गर्ने

पैसाको आडमा बाच्ने, कस्तो भाग्य लेखिन्
देखाएर लिन गार्हो हुन्छ, खामको कुरा गर्ने

अक्सर मान्छे प्रेममा, तड्पिएर बाचेका छन्
पुण्यको आशामा मन्दिर, धामको कुरा गर्ने

© दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *