Skip to content

खै अनाहक क्रुद्ध, बन्छौ गर्ने के ?

  • by


खै अनाहक क्रुद्ध, बन्छौ गर्ने के ?
अन्धो हुन्छ प्रेम, भन्छौ गर्ने के ?

उल्टो सुल्टो हेर्ने दृश्य, पुरानै लाग्छ
दिलमा सजाई जरो, खन्छौ गर्ने के ?

अंगालो बाधिएर, मध्यरातमा दुई
मजेत्रो फाली लौ, हल्लन्छौ गर्ने के ?

अजम्बरी मायाले, सायद चुप चाप
सपनी ठानी सबै, सहन्छौ गर्ने के ?

एक धर्को सिन्दुरले, सजाउन चाहदा
आउने आगामी दिन, गन्छौ गर्ने के ?

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *