कसैलाई खरानी, कसैलाई कोइला चाहिएको छ
बालाई आवश्यकता पुर्याउन दाउरा चाहिएको छ
आमाबुबालाई वृद्धाश्रम पुर्याउन दबाब दिने पत्नी
भन्दैछिन् यीनै छोराछोरीको सहारा चाहिएको छ
जग्गा बाँझो राखेर सहर पसेको जोकोही सहरिया
घरको छतमा खेतीपाती गर्न गमला चाहिएको छ
मासु नूनसँग मोलेर खानुस् या त उमालेर खानुस्
बाँच्नकै लागि पनि दुर्गममा चिउरा चाहिएको छ
भाइ फुटे गवार लुटे के नै रह्यो र धनदौलत यहाँ
सन्तानलाई पुग्दैन अँझै गरागरा चाहिएको छ
दिवाकर भट्टराई
दमौली तनहुँ
