Skip to content

सुन एउटा पात्र आउछ


सुन एउटा पात्र आउछ, अनि जान्छ
खोज्छ आफ्नो हिस्सा, अनि लान्छ

बक्दै थियो, आफन्तमा यस्तो हुन्छ
पराई पनि उस्तै सोच्छ, अनि ठान्छ

ठोक्किदा नबोल्ने, अपरिचितसम्म
बिर्सियौ आफ्नै मान्छे, अनि तान्छ

भोकालाई खाना, नांगालाई कपडा
स्वार्थ सबैजसो लिन्छ, अनि मान्छ

हिजो धेरै बहस गरेका थियौ, होइन
अनविज्ञता जनाउदै हस्छ, अनि हान्छ

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *