धर्तीको अबसान


उनलाई सुन्न म झुक्किएर–
उनको गल्ली पुग्छु ।
बेला बजाउने त्यो युवतीलाई
कठघरामा उभ्याएको देख्छु ।
आज माहोल भिन्न छ/हिजोको भन्दा
उनले गाउने परम्पराको गीत
बेलाको लयमा– म साक्षी थिएँ ।
तर बर्तमान
कति छिटै फेरिएछ–
पुरानो ईस्टकोट फेरिए जस्तो ।
म त बफादार उनी प्रति/भीडमा मिसिएछु
मुचुल्का उठाउने प्रहरीहरू
मेरो औठाँछाप माग्छन् ।
नामञ्जुरीमा उनीहरू बिरुद्ध उभिँदा
उन्मत्त भीडले मेरो सातो लिन्छ ।
हारखाएर–
उनि बिरुद्ध म नालिस दिन्छु ।
वकालत गर्न तम्सिएको मानव जगत
उनी बिरुद्ध फैसला सुनाउँछ ।
चाप गुमाई सकेको मेरो हृदयले
न्यायलयको ढोकामा सन्तुलन गुमाँउछ ।
एउटा रुमानी सम्झना/मस्तिष्कको परिधिभित्र
हलचल गर्दै छचल्कीन्छन् ।
बेला बजाउने युवती–
मेरो आखाँको बृत्त भित्र–कसरी नाच्छिन् ।
प्रकृति उनको पल्ला भित्र हाँस्दै हुन्थ्यो ।
आकासको स्निगधता–
महासागरको गहिराई
ब्रम्हणको आलोक
सबै–सबै उनको
बेलाको गतिमा चलेको थियो ।
उनले भन्थिन्–तिमीले लखेट्ने
तित्रा/बट्टाई/कालिजले
कुनै दिन मान्छे खेद्नेछन् ।
नैतिक पतनको पराकाष्ठमा/टेकेको चुचुरो
उत्प्रेरणा बनेर,
तिम्रो समात्तीको कारक बन्ने छ ।
अकस्मात म ब्युँझिए पनि
त्यती बेला – ढिला भईसकेको हुनेछ ।
जबकी- धर्तीको अबसान
मैले नियाल्नै पर्छ ।

©Ruman Amant

For Other poem: http://facebook.com/rumanamantneupane

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *