२५(क) के पायँ ?आखीर गुमाए

तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।

तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास ।

तारा हेरे, जुनले जिस्कायो, निदाए
सपना, सपना, सपना झस्केर ब्युझीए, अनि उदास
खोजे बिहान हुदा नहुदै, सबेरै, सुनसानमा
तर के पाँय ? आखीर गुमाए न माया, न छाँया

आदर गरे, भाबना पोखे, संझाए जस्तो गरे
तर बिश्वास झनै कसीएछ, हलुका बिश्वास
यो सुस्त गतिमा के गन्तब्य छुँला ?
प्रश्न माथि प्रश्न, उत्तर खोई ? न पाउँछु, न पाउँदिन ।

उदाशिनता, भरोसा, के पाए, के गुमाए ?
न माया, न छाँया

संन्तुष्टी……..आनन्दी…….समात्ती त छ नै ।।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *