“कान्छी ! ए कान्छी ! छोरो कता गएछ हँ ?” काँधको कोदालो आागनमा राख्दै हर्केले सोध्यो । “होला नि त्यतै तिर खेल्दै ! घरमा आइपुग्न पाको छैन इनलाई छोराकै चिन्ता छ । ” कान्छीले रिसाएझैँ अनुहार पारेर भनी ।
कान्छी र हर्केको वैवाहिक जीवनको दशौँ वर्ष बितिसकेको छ । विवाह भएकै साल छोरो जन्मेको थियो । छोरो अहिले नौ वर्ष पुगेर दश वर्ष लागेको छ ।
कान्छीले लोहोटामा ल्याइदिएको पानीले हात धोएर दौराको फेरले हात पुछेर हर्के विगतका स्मृतिमा हराउँछ । दश वर्ष अगाडिका ती दिनहरु आँखा अगाडि सलबलाएर आउन थाले ।
“हर्के ! साइत पनि मंशिर १४ मा परेछ , पण्डितबाजेले राम्रो साइत जुराइदिएका छन् ।” बुबाले खुसी हुँदै हर्केलाई सुनाएथे । हर्के लाजले रातो भयो । विवाहको कुराले उसको मनमा कुत्कुती लाग्यो । रातो अनुहार लगाएको देखेर आमाले “हेर, छोरी जस्तो पो लजाउाछ ए, यो हर्के त !” भन्दै जिस्काएकी थिइन् ।
मंशिर १४ मा हर्केको घरमा छुट्टै चहलपहल थियो । हर्के बेहुलो बनेर तामदानमा चढ्यो । जन्ती चार घण्टाको दुरीमा पर्ने बेहुलीको घरतर्फ लाग्यो । बुबाको आँखामा देखिएको ज्योति उसले महशुस गरेको थियो । घरमा पहिलोपल्ट बुहारी भित्र्याउन लागेको खुशी हर्केकी आमाको चुरीफुरीमा पनि स्पष्ट देखिन्थ्यो । हर्केलाई लाग्यो उसले जिन्दगीमा गरेको सबैभन्दा राम्रो काम नै त्यहि विवाह थियो जसले उसका बा आमा दुवैलाई खुशी पारेको थियो ।
कल्पनामा हराउने कक्रममा हर्केको अनुहार पनि एकाएक हँसिलो बनेर आयो । उसका आाखामा रौनक छायो । यो एकाएक आएको खुसी देखेर हर्केकी श्रीमतीले हर्केलाई जिस्काई,“के हो कृष्णेका बा अनुहार त उज्यालो बनाउनुभो नि? ” उसले थाहा नपाएझौ गरेर टार्यो ।
“कृष्णे १० वर्षको भइसक्यो तर यसको बरालिएर हिँड्ने बानी कहिल्यै गएन है कृष्णेका बा ?” श्रीमतिले आफ्नो गुनासो पोखी । हर्के झसड्ड भो, “हत्तेरिका ! हो त नि । पाठशालामा भर्ना भर्न पनि टाढा छ, अब त यो ठूलो भो, भर्ना गर्दिनुपर्ला । यसलाई पढाएर ठूलो मान्छे बनाउनुपर्छ बुझिस् बुढी । ” चम्किला आाखा पार्दै श्रीमति तर्फ हेऱ्यो । श्रीमति छक्क परी । हर्केको मनमा के कुरा खेलिरहेको छ, उसले बुझ्नै सकिन ।
हर्केको घरको आर्थिक हैसियत राम्रो थिएन तर पनि उसभित्र छोरो पढाउने जाँगर थियो । उसले जसोतसो पाठशालमा लगेर भर्ना गरिदियो । दश वर्ष पुगेको आफ्नो छोरो कक्षा एक मा भर्ना गर्नुपर्दा उसलाई ननिको लाग्यो । हर्के आफू साधरण लेखपढ गर्न जान्दथ्यो । छोरालाई स्कुल भर्ना गरेको दिनदेखि दैनिक बेलुका छोरालाई पढाउनु उसको जिम्मेबारी भयो । छोराले बाह्रखरी पढेको र लेखेको देख्दा ऊ मख्ख पथ्र्यो । ऊ मनमनै छोराको भविष्य सुन्दर बन्ने छ भन्ने कुराले गद्गद् हुन्थ्यो ।
कृष्णेले पढाइमा राम्रो गर्दै गयो । एस.एल.सी. (प्रवेशिका) परीक्षा प्रथम श्रेणीमा पास भयो । हर्केले त्यो दिन मनमनै ईश्वरलाई धन्यवाद चढायो । राती धेरैबेर निदाएन । ऊ कहिले यता त कहिले उता पल्टिरहेको थाहा पाएर उसकी श्रीमतिले सोधी, “हैन ए कृष्णेका बा, तपाईँलाई किन निद लागेन ? सुत्नोस् । ” ऊ केहि बोलेन । भोलिपल्ट बिहानै गाइबस्तुको कुँडो बनाउादै उसले कुष्णेकी आमालाई भन्यो “हेर् बुढी यस ठाउामा बसेर छोराको भविष्य बनाउन सकिन्न, तराईतिर जानुपर्ला भन्ने सोचिरहेको छु । यसो उब्जनी पनि राम्रो हुन्छ, छोरोले राम्रो कलेजाँ पढ्न पनि पाउँछ ।” ऊ बोलिन । उसलाई यो कुरा त्यती निको लागेन ।
केहि महिना पछि हर्केको परिवार गाउाको ओरालो लाग्यो । छिमेकीहरुको शुभेच्छा लिएर उसको परिवार तराई बसाईँ सर्यो । भारी मन लिएर हर्केले गाउालाई बिदा गर्यो । ऊ हुर्केको, बढेको र आफ्नो सुन्दर परिवार बसाउने सपना बोकेको हर्के छोराछोरीको भविष्यको खातिर छोड्यो । कृष्णेले पनि राम्रै गर्यो । बि.ए. पास गरेपछि एम.ए. पढ्नु पर्छ भनी काठमाडौा हिाड्यो । छोरोलाई बिदा गरेपछि सपना साकार भएको सम्झी हर्केले हर्षका आँशु झार्यो । “ल राम्ररी पढ्नू, राम्रो कमाई गर्नू, बूढाबुढीलाई नबिर्सनु ।” उसले यतिमात्र भन्न सक्यो ।
कृष्णे सहरमा गएर राम्ररी कमाइ गर्छ, प्रगति गर्छ र उसलाई सुख दिन्छ भन्ने उसको सपनामा बिस्तारै तुषारापात हुन थाल्यो । कृष्णेले सहरमा राम्ररी पढ्न सकेन । काठमाडौाको तीन हजारको जागिरले नत उसले आफूलाई पाल्न सक्यो नत पढ्न नै । हरेक महिना छोराको तलबको आशा गर्ने हर्केमा निराशा छाउन थाल्यो । ऊ बिस्तारै बोल्न, काम गर्न पनि छाड्यो । काठमाडौँले उसको सपना खरानी बनाएको जस्तो उसलाई लाग्न थाल्यो । बिस्तारै उसमा छटपटी बढ्न थाल्यो । उसमा अब कुनै सपना बााकी नरहेको जस्तो उसलाई लाग्न थाल्यो । ऊ बिरामी पर्न थाल्यो । “कृष्णेकी आमा यो सबै कुरा छोरालाई थाहा नदे । ” उसले श्रीमतिलाई कसम खुवायो ।
त्यसको केहि महिना पछि जे नहुनु थियो, त्यही भयो । हर्केले संसार त्याग्ने बिचार गर्यो । नाम्लोको सहारामा गाईको गोठमा उसले आफ्नो भौतिक शरीरलाई छोडेर सदाको लागि बिदा भयो ।
आखिर दोष कसको ? हर्केको… ? कृष्णेको… ? कृष्णेकी आमाको… ? हर्केको सपनाको… ? काठमाडौँको …………… ?
