भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेडईएन ५ -५३५) नम्बरको रेलको डिजेल इन्जिन चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार जनकपुर आइपुग्यो । धेरै पत्रपत्रिकहरूले यसलाई मुख्य समाचार बनाए . श्रब्य र दृश्य संचार माध्यमहरु यो समाचारले भरिए । धन्न केही दुर्घटना भएन छ ! प्रमुख जिल्ला अधिकारी गौतमले आफूले चालक कवारीमाथि अविलम्ब कारबाही गर्न निमित्त महाप्रबन्धक रामेश्वर यादवलाई निर्देशन दिएको बताए छन् ।.
यो देशको भाग्य नै यस्तै, यहाँ देश त इंजिनविना दौड़ी रहेछ । चालक पनि बेलाबेलामा फेरिरहने यो देशको हालत र रेलको इंजिनको हालत पनि उस्तै रहेछ क्यारे ! रेलको चालकलाई त कारबाही हुने पक्का भएछ तर यो देशको चालकहरुलाई कसले कारबाही गर्ने होला ? भारतको जयनगरबाट रेल त नेपाल नै आएछ तर नेपाल चाहि कहा पुग्ने होला ? कतै नेपाल पनि चालकको लापरबहिले भारततिर त पुग्ने होइन ?
