विश्वशिक्षाले नयाँ मोड लिइसक्यो गुरु तिमीले मोडे पनि हुन्छ,
जमाना मल्टिमिडियाको आइसक्यो गुरु चक र डस्टर छोडे पनि हुन्छ ।

तिमी मात्र आफूलाई जान्ने सम्झन्छौ कति म पनि त जान्दछु ,
लाटो बनौला है कक्षामा विना तयारी आउने बानी छोडे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

कलिलो मुना सम्झी मलाई निमोठ्छौ मात्रै कति
कलिलो छु स्याहार चाहिन्छ जानी मलजल गरी गोडे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

आइसक्यो युग एकाइसौँ सताब्दीको तिमी छौ अठारमा ,
थर्काएरै पढाउँछु भन्ठान्या होला लाठी र मुङ्ग्रीको घमण्ड तोडे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

आफैलाई ठूलै ठानी तर्किएर बस्ने मात्रै कति ,
विद्यार्थीलाई पनि साथी सम्झी नयाँ साइनो जोडे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

शिक्षाको उज्यालो बाँड्ने गुरु तिमी कतै अन्धकारमै पो छौ कि,
थाहा पाएर पनि बुझ पचायौ भने अज्ञानताको घुम्टो ओढे पनि हुन्छ ।
जमाना मल्टिमिडियाको ………………………..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *