आँखा चिम्म गरी
संसार देख्छु भन्थ्यो ऊ,
सगरमा छलाङ् मारी
धर्ति टेक्छु भन्थ्यो ऊ ।
केशमा परेको तुषारो देखी
बेदनाले रुन्छु भन्थ्यो ऊ ,
बात गर्दैन संसार कोही
दिव्य वाणी सुन्छु भन्थ्यो ऊ ।
काव्यहरु जोडजाड गरी
कथा लेख्छु भन्थ्यो ऊ ,
ढुङ्गाको सानो गोलोमा
ब्रम्हाण्ड देख्छु भन्थ्यो ऊ ।
छैटौँ इन्द्रिय चलेकोले
पागल भएँ भन्थ्यो ऊ ,
देश लठुवा भएकोले
काशी गएँ भन्थ्यो ऊ ।
