साहुजी साहुजी भन्दै थिएँ कड्किएको चाल पाएँ
मेरै ज्यानमा टेकी उनी फड्किएको चाल पाएँ ।
मेरो श्रम पसिनाले तागत उनलाई दिइरह्यो
शोषणले आफ्नै ढाड सड्किएको चाल पाएँ ।
पसिनाले सानो घर सजाउने मन थियो
श्रमिकको मोल कतै अड्किएको चाल पाएँ ।
अनुनय विनयमा सेवा उनको गरिरहेँ
आज फेरि मेरै गाला चड्किएको चाल पाएँ ।

sundaar gajal sir
sundaar gajal sir ,
samyogle ma pani horizon kai pahilako student ho mukunda ji,khusilagyo …..
thanks binod gee
Thanks Binod Gee. kaha hunuhun6 aajabholi.