Skip to content

मखमली माला – उनेको थिइन


घात हुन्छ भन्ने – सुनेको थिइन
यात्रामा अरु नै – चुनेको थिइन ।

मन च्यातिएको – खै के ले टालुँ
फाटेको मनलाई – तुनेको थिइन ।

आकाशका तारा – झार्दिन्छु भन्ने
ताना र बाना म – बुनेको थिइन ।

छिटो घर लग – भनेकी थियौ
मखमली माला – उनेको थिइन ।

छट्पटाएझैं – बगरका माछा
मै तड्पिहाल्छु – गुनेको थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *