हो तिनै हुन् वर्गमित्र
हो तिनै हुन् असल मित्र
रगतलाई पसिना बनाएर छाक टार्नेहरू
फाटेको टालेको कमसल लुगा लगाउनेहरू
हिलो र माटोसँग नाता गाँस्नेहरू
कठोर परिश्रममा पनि हाँस्नेहरू
मजदूर कर्मचारी बहादुर र कान्छाहरू
कृषकहरू ज्यामीहरू
आफू भोकै बसेर
साहू र सामन्तलाई पोस्नेहरू
हो तिनै हुन् हाम्रा असल मित्र ।
आफू पैदल िहंडेर अरुलाई जहाजमा उडाउनेहरू
आफू झुपडिमा बसेर अरुलाई महलमा बसाउनेहरू
कुल्ली ज्यामी मिस्त्रीहरू
अन्याय अत्याचारको विरोधमा फाँसीमा चढ्नेहरू
फटाहरूको विरुद्ध आगो ओकल्नेहरू
यिनै हुन हाम्रा असल मित्र
वर्गशत्रु मैले चिनेको छु
किटान गरेर भन्न सक्छु
दुःखीको पसिनाले नुहाउनेहरू
गरिबको खुन पसिना चुस्नेहरू
श्रमको शोषण गर्नेहरू
चुसाहा फटाहा धुर्त ब्वाँसाहरू
हो तिनै हुन् वर्ग दुश्मन
हाम्रो मिहिनेतमा बाँच्नेहरू
दुःखीको आत्मा कुल्चेर आकाश छुनेहरू
लुटको संसार खोसिदा रुनेहरू
डिस्को र डान्समा सोमरसले मुख धुनेहरू
गरिवमाथि आधिपत्य जनाउनेहरू
प्राकृतिक निशुल्क उपाहारमा कब्जा जमाउनेहरू
भ्रष्टाचार गरि नोट समाउनेहरू
चिन्ने बदल्ने र लामबद्ध गर्ने बेला आएको छ
दासमनोवृत्तिबाट मुक्त हुनु पर्छ
अब छिट्टै मुक्त हुनुपर्छ ।
