Skip to content

मुसाफिरलाई एकैचोटी हात


मुसाफिरलाई एकैचोटी हात किन दियौ
एक्लै थिएँ जाति थिएँ साथ किन दियौ

पूर्णीमाको जुनसरी चम्किएको थिएँ
टुकी कतै लुकाएर रात किन दियौ ।

तिम्रै लागि गाँसीराथें फूलमालाहरू
अनायशै फेरि आज लात किन दियौ

आफू सकिएरै पनि तिम्लाई बचाउँथे
धोकेबाज बनाएर घात किन दियौ ।

यथार्थता बताउनु गल्ती के नै थियो
सत्यताको भाडा तिमी बेहिसाब दियौ ।

सुख पर्दा साथ दिने भेटिएर होला
दुःखमा त म नै हुन्थें माफि बात दियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *