संघर्ष त सधैं एक्लै गर्नु पर्छ भाइ
सफलतामा अरुबाट साथ मिल्नलाई
कठिन यो संघर्षले गर्ला हाम्रो हित
जति कठिन संघर्ष यो उति राम्रो जीत
काँडाबिच गुलाब सरी फुल्न पर्छ भाइ
उद्देश्यलाई नछोड्नु है लक्ष्य चुम्नलाई
दुबोसरी मौलाउँदै अगि बढ्नु भाइ
सधैं अगि बढिरहे लक्ष्य भेट्नलाई
ढुंगालाई कुँदी कुँदी मूर्ति बनाउँछन्
देवता हो भनी सबै ढोगी रमाउँछन्
कस्ले पूजा गर्दैन र त्यही ढुंगालाई
छिना अनि हथौडाका चोट खप्दा भाइ ।
