नेपालको राजनीतिक एव म साहित्यिक क्षेत्रमा किशन शर्मा गैह्रे एउटा सुपरिचित नाम हो । भूमिगत अवस्थामा अमर, उज्जवल र उत्तिसको नाममा उहाँले आफ्नो राजनीति गतिलाई तीब्रता दिँदै आउनु भएको एउटा क्रान्ति वाहक व्यात्तित्वको रूपमा परिचित हुनुहुन्थ्यो । यस्ता क्रान्तिवाहक व्यक्तित्वको जन्म २०१८ जेष्ठ १८ गते भिमाद नगरपालिकन वडा नं. ५ साविक साभुङ्ग भगवतीपुर–२, बुढाकोट रिसिङ्ग पाटन तनहूँमा पिता चोलाकान्त गैह्रे र माता भगवती गैह्रेका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ कावासोती नगरपालिका– १६ शहीदनगर डण्डा नवलपुर गण्डकी प्रदेशको साथै बुढानिलकण्ठ नगरपालिका –८ सुन्दर बस्ती भङ्गाल, काठमाडौमा राजनीतिक एव म साहित्यिक सेवामा आफ्नो सकृय जीवन बिताउँदै आउनु भएको छ । झट्टहेर्दा एउटा मृदुमुस्कान, गोरो एव म उज्ज्वल अनुहार, मिलनसार, मृदुभाषी र एउटा समाज सेवामा आकर्षक व्यक्तित्व नै उहाँको परिचय हो भन्न मन लाग्छ मलाई ।
आवद्धता – सचिव माक्र्सीय गुरूकुल, आजीवन केन्द्रीय सदस्य, निर्मल लामा स्मृति प्रतिष्ठान, सल्लाहकार, सुस्ता बचाउ अभियान नेपाल संयोजक, सीमा तथा जलसरोकार समाज नेपाल, केन्द्रीय सदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को साथै राजनीतिक, सामाजिक र साहित्यिक क्षेत्रमा उहाँको आवद्धता देखिञ्छ ।
प्रकाशित कृतिहरू – कानूनको खिलाफ (नाटक) भाग १, कानूनको खिलाफ (नाटक) भाग २, पार्टी एकता र रुपान्तरणका लागि अपिल, नयाँ विकल्प, नेपालको राष्ट्रियता चुनौती र रक्षाको सवाल, राजनीतिक शब्दकोश( (शब्दावली), भूमि सम्बन्धी शब्दावली र पार्टी एकता र रुपान्तरण अभियान उहाँका प्रकाशित कृतिहरू हुन् ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक १९१ पृष्ठमा सजिएको यो नाटक नयाँ विकल्प प्रकाशन काठमाडौले प्रकाशन गरेको छ । यसको मूल्य साधारण रू २००/– र संस्थागत रू ५००/– राखिएको छ । तेह्रौं दृश्यबाट थालनी भएको यो नाटक एक्ककाइसौं दृश्यमा गएर समाप्त भएको छ –
पुस्तक लेखनको उद्देश्य–यस सम्बन्धमा स्वय म लेखकले भन्नुहुञ्छ –‘पुस्तक लेखनको उद्देश्य नेपाली समाजलाई अग्रगामी दिशातिर डोर्याउँदै, स्वतन्त्र, आत्मनिर्भर र समुन्नत समाजको निर्माण गर्नु हो ।’
कृतिभित्र प्रवेश गर्दा – तेह्रौं दृश्यबाट प्रारम्भ भएको यस नाटक नहाला/ढुडुवा, नवलपरासी चितवन, लगायतका बस्ती र फाँटहरूको परिवेशमा यो नाटकको लेखन भएको छ । यसमा जग्गा धनीले मोहीले जग्गा कमाए वापत त्रिखण्डी पाँच खण्डी लिने गरेकोमा मोहीहरूले आधा आधाको बटवरी हुनुपर्ने भन्दै दुवै बीचमा बहस चलेको छ । मोहीहरूको सङ्घर्ष समितिको गठन हुञ्छ । मोहीहरूका सङ्गठनका पदाधिकारीहरूले मोहीको हकहित सम्बन्धमा र वर्ग सङ्घर्षलाई उच्चाइमा पुर्याउने धारणा राख्छन् । जग्गा मालिकलाई आधा धान बुझ्न आउन र भर्पाइगरेर धान लान भनिञ्छ तर जग्गाधनी धान बुझ्नको साटो पुलिस प्रशासनतिर जानु जालबन्नमा लाग्नु भन्दै पहिलो दिनको दृश्य समाप्त हुञ्छ ।
दोस्रो दिनमा –पहिलो दिनका कामको समीक्षा, रिपोर्ट र समीक्षापछि देखिएका समस्याको योजना, जिम्मेवारी बाँडफाँड र जिम्मेवारि पालनमा सबै लाग्नु पर्ने, कार्य विभाजनमा सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारि तोक्नु सुरक्षादलमा लडाकु दल रहने र लडाकु दलले स्थानीय हतियार समेत जम्मा गर्ने, सूचना लिने काम, तेस्रो काम वैचारिक र राजनैतिक तालमेल मिलाउने, चौथो काम धान बाँडेपछि धान पुर्याउने काम, यसमा पुराना विचार बोकेका मानिस नभएर नयाँ विचार बोकेका भएकोले नाम पनि नयाँ नामाकरण गर्ने, बस्तीको नाम पनि सुन्दर बस्ती राख्ने, पाँचो काम मेस व्यवस्थापन, छैटो आपूर्तिको काम, र स्वास्थ उपचार सम्बन्धी सातौ काम अनुगमन सम्बन्धी भनी कार्यविभाजन र यी कामको लागि उपगुक्त व्यक्तिलाई छनोट गरी जिम्मा दिइएको छ ।
तेस्रो दिन –यस दृश्यमा गाउँमा ध्रुविकरण (शोषक र शोषित वर्गको कसको पक्षमा उभिने भन्ने बहस) र शोषितहरूमा आफ्नो हक अधिकारमा उभिन सक्ने जागरण आएको, समाजिक आन्दोलन, जनसङ्घर्ष र वर्ग सङ्घर्षले समाजले कोल्टे फेर्दै छ भन्ने शुभ सङ्केत धारणा आएको छ । रुद्रनाथ (जग्गा धनी)को घर्मा गन्यमान्य, भलादमी, स्थानीय प्रहरी चौकी, सहायक सि.डि.ओ, मालपोत कार्यालयको सहायक हाकिम आदिको कचहरी डाकिएको र बहस चलेको छ । भलादमीहरूले सहायक सि.डि.यो र मालपोत अधिकृतको अघि डेडदुई वर्ष यता अस्वभाविक लक्षणहरू देखा परेको धारणालाई प्रष्ट्याउने काम हुञ्छ । यस सम्बन्धमा सहायक सि.डि.ओ.ले यसलाई मनन गर्दै दमन गर्न सकिञ्छ र सक्नै पर्छ अर्को कुरा नयाँ परिस्थिति पैदा भएकोले यी गरिब युवालाई सञ्चालन गर्दा नयाँ रकमी तरिका अपनाउनु पर्छ र ज्यादै सोच विचार गरेर मात्र काम गर्नु पर्छ । आजको बहसले ‘यो राज्य व्यवस्थाका पक्षधरहरू, व्यवस्थावादीहरू, –तपाईहरू कमजोर बन्दै जानु भएको छ ।’ दमन गर्नुभन्दा कुटिल चालबाट यिनीहरूलाई फुटाएर काम लिन सक्नु पर्ने दमनले ‘त झन कम्युनिष्टहरू, उग्रवादीहरू, व्यवस्था बिरोधीहरूलाई बल मिल्छ’, व्यवस्थालाई बलियो बनाउन व्यवस्थावादीले नै राम्रा कामहरू गर्नु पर्ने, या यिनीहरूले राम्राकाम गरेका छन् भन्ने पार्न सक्नु पर्छ । प्रधानपञ्च सहायक सि.डि.यो को भनाइमा सहमत नहुनु दमनबाटै काम लिनु पर्ने धारणा राख्नु, सहायक मालपोत हाकिमले व्यवस्थावादीले व्यवस्थालाई दह्रो पार्न राम्रा काम गर्नु पर्ने, विश्वासको सङ्कट पैदा गर्न नहुने, व्यवस्थावादीकै अति र ज्यादतीबाट राज्य व्यवस्था धरासायी भएका, १०४ वर्षे जहानीया राणा शासन ढलेको, भुदासप्रथा ढलेर सामन्तवादी व्यवस्था स्थापना भएको, फ्रन्सका राज्यक्रान्तिको जानकारी, २०२१ सालको भूमिसुधारले गरेको खेत धनी र मोहीले उत्पादन आधा आधा बाँड्न पर्ने र सम्बन्धित जग्गामा मोहीको पनि एक चौथाई हकलाग्ने र कहानूनी र वैधानिक सङ्घर्षरत किसानहरूलाई उग्रवादीको बिल्ला भिराएर दमन गर्न नहुने जस्ता धारणा सहित यो दृश्य समाप्त हुञ्छ र्। पाँचौं दिन –प्रधानपञ्च र गृह्यमन्त्री बीच आवा सेटबाट ठानेदारले सम्पर्क गराएर प्रधानले गाउँको मोहीहरूले राखेको माग र उग्रवादीहरू र वामपन्थीले पञ्चायती व्यवस्थाको विरोधमा बढाएको गतिविधिको बारेमा जानकारी गराउनु गृह्यमन्त्रीले समय अनुकुल कुटिल चाला चाल्नुपर्ने कुरा राख्दै मोहन सम्मशेरले १८९२मा अमले किन गर्नुपर्यो, महेन्द्रले २०२१ सालमा भूमिसुधार किन घोषणा गरिबक्स्यो, किन छुवाछुत सम्बन्धी कानून बनाउनु पर्यो, पुरानो राज्य व्यवस्था पुरानो कानून आदिलाई संरक्षणको लागि केही सुधारका देखावटी कामहरू गर्नु पर्ने, व्यवस्थावादीले व्यवस्थाकै बलमा सीमाभन्दा बढी गरेमा गरिबहरू विरोधी कित्तामा उभिन सक्ने भएकोले ‘विपक्षीहरूलाई दमन गर्ने कुरा भावनामा हैन योजनामा हुनु पर्दछ तबमात्र सफल भइञ्छ ’ र ‘जनतालाई भ्रम दिएरै भए पनि साथमा राख्नु पर्दछ ’जस्ता गृह्यमन्त्रीले प्रधान पञ्चलाई भनेपछि प्रधानपञ्च निरास हुञ्छ र झस्किञ्छ गाउँ छाडेर सहर पस्ने योजना बनउनै पर्छ जस्ता धारणा सहित यो दृश्य समापत हुञ्छ । पन्ध्रौं दिन –यस दृश्यमा धानको आधी आधी बटवारा हुञ्छ । मोहकिो हक कायम गरिञ्छ । सङ्घर्ष समितिका सचिवले यस सम्बन्धमा सम्बोधन गरेपछि दृश्य समाप्त हुञ्छ ।
चौधौं दृश्य –राममन्दि, कालमोचनघाट स्थान र पौष महिनाको जाडो रातमा यो दृश्यलाई दर्शाइएको छ । सुस्ता बचाउने अभियानमा नेपाली भूमि ८१ स्थानमा अतिक्रमिक भएको धारणा राखिएको छ । शासकहरू धोकेवाज भएको र राष्ट्रघाती भएको धारणा आएको छ र पहिलो दृश्य स्वागतमा समाप्त भएको छ ।
दोस्रो दृश्य– विद्यालयको आगनमा सुस्तावासीहरू जम्मा भएका छन् । दोस्रो दृश्यमा सुस्ताबासीहरूले सङ्घर्ष गरेको जानकारी गरउने उद्देश्य लिइएको छ । राष्ट्रघाती र देश द्रोहीलाई कार्वाही गर्ने धारणा पस्किएका छन्, यस दृश्यमा काठमाडौ जाने योजनाहरू तय गरिएको छ । राजधानमिा १७ गतेदेखि कार्यतालिका बनाएर नेपालसरकारका प्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, मानावअधिकारवादी सङ्गठनका अगुवाहरू, पत्रकार लगायत संयुक्त राष्ट्रसङ्घको कार्यलयका प्रतिनिधिहरूसँग भेटी सुस्ताका समस्या र मागहरू सहितको ज्ञापनपत्र दर्ता गर्ने जस्ता कार्यतालिका सहित यो दिनको दृश्य समाप्त हुञ्छ ।
भोलि पल्ट – कार्यक्रमको खाका तयार गर्ने र कार्य विभाजन तयार पारित गर्ने काम हुञ्छ । मौसमको प्रतिकुलताले गर्दा यस दिनको कार्यक्रम स्थगित हुञ्छ ।
पर्सीपल्ट– यस दृश्यमा सुस्तादेखि काठमाडौ आएदेखिको कामको समीक्षा गरिएको र प्रतिवेदन पेश गरिएको, सरकारले उपेक्षा गरे पनि देशभक्तहरूको न्यानोमाया पाएको, देशभरबाट माया, प्रेरणा, सहयोग र समर्थन प्राप्त भएको धारणा आएको छ । विरामीहरूको उपचार गराउने काम, विमारीहरूको अठोटता, बौलाहाले राष्ट्रियताले भरिएको गीत गाएर अभियानका सहभागीहरूलाई अँझै जागरुक बनाएको, पत्रकारहरूले सुस्ता बचाउमात्र नभै सिङ्गो राष्ट्र बचाउको रूपमा अभियान अगाडि बढेको धारणा, सुस्तामा भारतले अतिक्रमण गरेको भारतीय सीमासुरक्षा बलका मानिसले गाउँभित्रै बर्दी सहित पसेर कुट्ने, बलत्कारको प्रयास गर्ने, घरमा आगो लगाइदिने तर नेपाल सरकारले यसको सुनवाइ नगर्ने गण्डक सम्झौता र १९५० को सन्धी घातक रहेका, यिनलाई तोडेर नयाँ कानूनको निर्माण हुनु पर्ने धारणा आएका छन् । त्रिवेणी सङ्गमदेखि माथि पञ्चनदी र सोनानदीको तटको जग्गामा भारतीय सीमा सुरक्षा बलले नेपालको सीमा मिचेर क्याम्प खडा गरेको र आवत जावतमा रोकलगाएर गाली जलौज गर्ने नेपाली झण्डालाई च्यातेर बुटले कुल्चने, अपमानका कुराहरू बाल्मिकी नगरको चिठिीद्वारा जानकारी, विरामीहरू मध्एको रमानन्द चमारले राष्ट्रियताको लडाइँमा विजय हुने धारणा राख्दै, आफ्नो सपना पुरा गर्ने जिम्मा युवालाई दिँदै ढल्छ र उसको मृत्यु हुञ्छ । देशभक्त रामानन्दलाई सुस्ता शहीद रमानन्दलाई अमर रहुन भन्दै, भारतीय विस्तारवादलाई मुर्दावादको नारा लगाउँदै यो दृश्य समाप्त हुञ्छ ।
पन्ध्रौं दृश्य – यस दृश्यमा पुनर्वास बस्ती कञ्चनपुरमा विभिन्न कारणले गर्दा विस्थापित भएकाहरूलाई विभिन्न जिल्लाबाट ल्याएर पुनर्वास गराइएकाहरूले भोग्न परेको दर्ददाइ कष्टलाई समेट्ने प्रयास गरिएको छ । प्रस्तावित विद्यालयमा भोकभोकै भएकाहरूले छलफल गर्छन् । भोकभोकै बस्न परेको कारणमा पुनर्वासको हाकिमको वदमासीको ठहर हुञ्छ । पुनर्वासको गोदामघर फोरेर चुल्हो जलाउने ठहर हुँदा समान केही छैन भन्ने सन्देश प्राप्त भए पछि र पुनर्वासको हाकिमलाई उसले गरेको ज्यादतीमा कालोमसो दलिञ्छ र माफ मगाएर छाडिञ्छ । जमिनदार चन्द्रमानको गोदामको अन्न घरपरिवारको सङ्ख्याको आधारमा वितरण गरेर लगेको सबै विवरण राखेर पछि काम गरेर तिर्ने कुरा चन्द्रमानका काम गर्ने मानिसलाई सम्झाएर अन्न लगि पेटभरी खाएर रमाएको भन्दै यो दृश्य समाप्त हुञ्छ ।
सोह्रौ दृश्य –यो दृश्य नवलपरासी शहीद नगरको वर्णन गरिएको छ । सामाजिक आन्दोलन चलेको छ । सामाजिक आन्दोलनको महत्त्वपूर्ण ‘उद्देश्य भनेको महिला हिंसा विरुद्धको आन्दोलन, मदिरा विरोधी आन्दोलन र समाजिक आन्दोलन भएकोले महिला जागर मञ्चले जड्यहाँ दिलबहादुर, घुस्यहाँ एवं भ्रष्टचारी मालपोत कार्यालको हाकिम ओभराज र अत्यचारी विभेदकारी गुनबहादुरलाई कालो मोसो दल्दै थुक्दै, पिट्दै सामाजिक र नैतिक कार्वाही गरिएको छ । पुरानो राज्यसत्ता पल्टाएर नयाँ सत्ता कयम गर्न थालिएको भनिएको छ र बृद्धा महिलाहरूको सहभागी देखिएको छ र अभिनन्दन पनि गरिएको छ, शहीदनगरलाई स्वर्गको विकल्पको रूपमा स्थापित गराउने धारणा र सबै खाले विकृति र विसङ्गति, अन्याय अत्याचार, हेपाइ, थिचाइ, रजाइँका विरुद्ध यो सङ्घर्ष जारी छ भन्दै सबै न्यायप्रेमी जनसमुदायलाई एकताबद्ध हुन अनुरोधको साथमा यो दृश्य समाप्त हुञ्छ ।
सत्रौ दृश्य– वनारस, रामघाटमा शरद ऋतुको एक साँझमा नेपाल, भारत, भुटान, वर्मा र सिक्किममा बस्ने नेपालीहरूलाई राष्ट्रियताको अभियानमा सामेल गर्दै विश्वव्यापी जनमत तयार गर्ने उद्देश्यले यो दृश्यको मञ्चन गरिएको छ । यस दृश्यमा नेपाली मुलको रगतले अन्याय, अत्याचार, हेपाइ, मिचाइ, सहन नसक्ने, झुक्न नजान्ने, नेपाली र भारतीय श्रमजीवीहरूको भावनात्मक एकता पैदा गरेको, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गठबन्धनको र लौह एकताको परीक्षा पार गरेर मात्रै उद्देश्य पूर्ति हुने धारणा, सुगौली र गोर्खा भर्ती केन्द्र नेपालले कलङ्कको रूपमा व्यहोर्न परेको, नेपालीलाई स्वदेशको लागि नभै विदेशको लागि लड्न परेको, हिन्दू–मुस्लिम र बुद्धिष्ठ बीच धर्मको नाममा लडाइएको, भारत र नेपालका जनता बीचको सम्बन्ध हिजो पनि राम्रो, आज पनि राम्रो र भोलि झनै राम्रो र बलियो बनाउनु पर्ने, ‘‘ हुन त कम्युनिष्टहरूको न त राष्ट्र हुञ्छ न त वर्ग हुञ्छ’’ पृष्ठ १२०, ‘‘कमुनिष्ट बन्न त दैनिक जीवन व्यवहार र आचरणमा रूपान्तरण हुन सक्नु पर्छ ’’, जस्ता धारणा यस दृश्यमा सहभागी पात्रहरूबाट आएका छन् ।
अठारौं दृश्य – यस दृश्यमा बागमती नदीको किनारमा बसेका सुकुम्बासी बस्तीमा सरकारले हटाउन गरेको क्रुर व्यवहारको वर्णन गरिएको छ । यो समस्या बागमतीको छेउको समस्या नभएर देशभरीकै समस्या हो । पुलिस शक्तिले डोजर चलाएर बस्तीका घरहरूलाई भक्ताइयो । यहाँ सरकारले सुकुम्बासीहरूलाई व्यवस्था गर्नु पर्नेमा नगरेको बरु शक्ति प्रयोग गरेको, नेताहरूले चुनावमा देखाएको प्रतिबद्धतालाई कार्यन्वयन नगरेको, जनतालाई पीडा दिने कानूनको खिलाफमा लडने, सुकुम्बासीको एकता जिन्दावाद, श्रमजीवी एकता जिन्दावाद, जनघाती राष्ट्रघाती सरकार मुर्दावादको नारा सहित यो दृश्य समाप्तहुञ्छ ।
उन्नाइसौं दृश्य – यो दृश्य नोभेम्वर ७, अन्तर्राष्ट्रिय मजदूर दिवसको दिनमा अर्थात श्रमजीवी जनताको अन्तर्राष्ट्रिय चाडको दिन पारेर शिविरमा मञ्चन गरिएको छ । न्याय र समनताका लाग् िलड्दै गर्दा सहादत प्राप्त गरेका महान शहीदहरू प्रति श्रद्धाञ्जली चढाउँदै महान् गुरुहरू माक्र्स एँगेल्स, लेलिन, स्तालिन एव म माओप्रति लालसलामले सम्बोधन गरिएको छ । यस दृश्यमा, विभिन्न वक्ताहरूले कमुनिष्ट आन्दोलनमा देखिएका केही विकृति विसङ्गतिलाई केलाउने र कमुनिष्ट आन्दोलनलाई कसरी उच्चाइमा पुर्याउने भन्ने धारणा राखेका छन् । यहाँ आएका केही धारणा यसप्रकार पस्कन मन लाग्यो –
‘क्रान्ति भनेको नवीन कुरा हो । यो पुनरावृत्ति हुँदैन तर हाम्रो देशको कमुनिष्ट आन्दोलनमा दुई वटा अति या भड्काव आएको छ । दायाँ भड्काव र वाँया भड्काव । विचारको रक्षा गर्ने र सदा त्रान्तिकारी बनिरहने भन्ने सदासयता र असल नियत हुँदाहुँदै पनि जडसूत्रवादी, उग्रवामपन्थी बन्ने र सृजनशीलता र समय सापेक्ष व्यवहारिक बन्ने नाममा दक्षिणवादी सन्सोधनवादी बन्ने ।’ यहाँ समुच्च कमुनिष्ट आन्दोलाई उच्चाइमा पुर्याउन चालिएका कदमलाई बलियो बनाउन केही प्रश्नहरू पनि आएका छन् जस्तै –‘जनमुक्ति सेनालाई कसरी दरविलो पार्ने, नेपाली क्रान्तिको मोडल कस्तो हुनु पर्छ, हाम्रा त्रुटिहरू भएमा यी त्रुटिहरू कहाँनेर हो, कमजोरी कसरी भयो, यी सबैको मूल्याङ्गर्न थालिएको छ । जनताको सत्ता स्थापित गरिसकेपछि त्यसलाई टीकाउने निरन्तरता दिने र विकास गर्ने कुरा झनै महत्वपूर्ण रहेछ ’ ।यी धारणा सहित कमुनिष्ट आन्दोलनलाई उच्चाइमा पुर्याउनको लागि, ‘अन्तर्राष्ट्रिय कमुनिष्ट आन्दोलनमा कहाँ कहाँ गल्ती हुन गयो, कहाँ कहाँ अति भयो, कहाँ आवश्यक ध्यान पुग्न सकेन, यसबारे हाम्रो ठम्याइ सही हुन सकेन भने हामीलाई हण्डर खानुपर्छ’ जस्ता समीक्षाका कुरा यहाँ आएका छन् । पार्टी दिनानुदिन बुर्जुवाकरण र भ्रष्टिकरण भएको, इमान्दार कार्यकर्ताले दुख पाइरहेको, सैद्धान्तिक बहस, वैचारिक बहस चल्नु पर्ने, शान्ति प्रकृयामा प्रवेश गरेपछि, नेता कार्यकर्ताहरूको आचरण कस्तो बन्दै गएको छ, पार्टी बचाउन दृढ इच्छाशक्तिबाट लाग्नु पर्ने, देशमा राजनीति परिवर्तन आए पनि आर्थिक सामाजिक र साँस्कृतिक सवालहरू झनै जटिल बन्दै गएका कुरा, निष्ठावान इमान्दार कार्यकर्ताहरूमाथि धोर अत्याचार भै रहेका कुरा, खराव आचरण गर्नेवालालाई कार्वाही गर्नु पर्ने कुरा, आदि धेरै कुराहरू यस दृश्यमा आएका छन् । समसामयिक प्रस्तावहरू पनि यहाँ आएका छन् । विकृति र विसङ्गति विरद्ध –सङ्घर्ष गरौं, ढोगी र छद्मभेषी प्रवृति प्रति– सजग होयौ जस्ता नाराहरूको साथमा यो दृश्य समाप्त हुञ्छ ।
बीसौं दृश्य –यो दृश्य माझपाटीमा विहान ११ बजेदेखि दिउँसोसम्मं सहभोज कार्यक्रम, समाजमा अत्याचारी माथि नैतिक कार्वाही र समाजिक आन्दोलनका अगुवाहरूलाई सम्मान गर्ने उद्देश्य लिएर महिला जागरण मञ्चद्वारा सञ्चालन गरिएको छ । यस दृश्यमा पञ्चायती कालारात्रीदेखि लिएर वर्तमान राजनीतिक अवस्था, कमुनिष्ट पार्टीमा देखिएको विचलन आदि विभिन्न राजनीतिक र राजनीतिक परिवर्तन पछि भएका तथा जनताले प्राप्त गर्न नसकेको अनुभूति आदिमा विभिन्न विषयमा धारणाहरू आएका छन् र पाँचजना आदरणीय व्यक्तिलाई सम्मान गर्दै यो दृश्यको पर्दा खस्छ ।
एक्काइसौं दृश्य– यो दृश्य माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठानको कार्यलयकक्षमा गुरु माओको १३६ औं स्मृति कार्यक्रमको अवसरमा गरिएको छ । ‘यो घडीमा गुरु माओको सम्झना गर्नु र उहाँले देखाउनु भएको बाटोमा थप परिमार्जन र विकास तथा सृजनाशीलता, रचनात्मकता जोड्नु एक्काइसौं शताव्दिको आवश्यक्ता हो’ नेपथ्यबाट घङ्किएको छ । यस दृश्यका अतिथि सहभागी पात्रहरूको चयन यसप्रकार छ – चिनियाँ कमुनिष्ट पार्टीका प्रतिनिधि भारतीय कमुनिष्ट पार्टीका प्रतिनिधि, श्रीलङ्का कमुनिष्ट पार्टीका प्रतिनिधि, रसियन कमुनिष्ट पार्टीका प्रतिनिधि, कोरियन कमुनिष्ट पार्टीका प्रतिनिधि, भुटान कमुनिष्ट पार्टीका प्रतिनिधि, सिक्किम कमुनिष्ट पार्टीका प्रतिनिधि, नेपाल कमुनिष्ट पार्टीका प्रतिनिधि र नेपाल कमुनिष्ट पार्टीका प्रतिनिधि ।
यस दृश्यमा मधेशका समस्या, शहीदका सपना पुरा हुन नसकेको, पार्टी भित्र मौलाएका विकृति र विसङ्गतिले महिला कार्यकर्तालाई नै बढी प्रभावित तुल्याएको धारणा, कमुनिष्ट पार्टीको घोषण पत्र लेखिएको १६४ वर्ष (१८४८देखि) भएको तर यसपछि संसारमा धेरै उथलपुथल भएको, ‘द्वन्द्वात्मक भौतिकवाद अर्थात माओवाद /विचारको रक्षा र विकास गर्न दायाँ अति र वायाँ अतिबाट बच्नै पर्दछ ’श्री लङ्कामा पनि भारतीय विस्तारवादको प्रभाव रहँदै आएको’ बर्बर दमन, हत्या, नरसंहारका विरोधमा आवाज उठ्यो भने नैतिक सहयोग मिल्ने, रसियन कमिनिष्ट पार्टीका केन्द्रियप्रतिनिधि कोचवले रसियन कमिनिष्ट पार्टीको इतिहासलाई केलाउँदै यसमा भए कमी कमजोडीलाई दर्शाउँदै भन्नुहुञ्छ –रुसी कमुनिष्ट पार्टीले बाहिरी शत्रुलाई त परास्त गर्यो, तर आफ्ना पार्टीभित्रका शत्रुलाई परास्त गर्न नसकेको कारण विकृति विसङ्गति, ज्यादतीलाई रोक्न ध्यान नपुगेकै कारण जनसत्ता उल्टिएको हो ’। यसरी नै चिनियाँ कमुनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधिले चिन र नेपालका कमुनिष्ट पार्टीले गरेका कमी कमजोडीलाई दर्शाउँदै चिनियाँ कमुनिष्ट पार्टीले १९६६ देखि महान सर्वहारावादी साँस्कृतिक क्रान्तिको आह्वान भएर १९७२सम्म धेरै ठुला फेरवदल भएका, यसले जनतालाई अधिकार सम्पन्न बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका अवस्थामा, साँस्कृतिक क्रान्तिकै क्रममा १९७६मा अध्त्तयक्ष माओको निधन भएकोले लार्खौ जनताको बलिन्दानवाट प्राप्त गरिएको जनवादी समाजवादी व्यवस्था विना रक्तपात बुर्जुवाले पल्टाएको धारणा, ‘नेपाली क्रान्तिकारीहरू पनि सरकार चलाउने बारे गलत नीति अख्तियार गरेकै कारणले जनताले आफ्नै व्यवस्थाप्रति विश्वास नगरेका हुन्, आफ्नै नेताहरूप्रति पनि विश्वास धमिलो हुँदै गएको कुरा प्रष्ट छ ।’ यहाँ चिनियाँ कमुनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधिले कमुनिष्ट गुरुहरूको चाहना के थियो र त्यो किन पुरा हुन सकेन भन्ने धारणा यसरी राख्नुभएको छ –‘हाम्रा गुरुहरूले कमुनिष्ट संसार निर्माण गर्ने ध्येय उद्देश्यका साथ शोषणविलिन, शासनविलिन, राज्यविलिन समाजको स्थापनाका लागि लड्नुभएको हो । तर कमुनिष्ट पार्टीभित्र यस मान्यता अनुरूपको अभ्यास भएन, कमुनिष्ट कार्यकर्ता र नेताहरूमा शासक मनोवृत्तिको विकास भयो । हिजोका शासकहरूले गरेजस्तो जनतामाथि रजाइ कजाइ, थिचाइ, मिचाइ गर्ने काम गरेको हुनाले जनताले कमुनिष्ट सत्ता पतन हुँदासम्म पनि आफ्नै वर्गीय सत्ताको रक्षाको लागि आवाज उठाएनन् ।’ यसरी नै अर्को कमुनिष्ट सत्ता पतन हुनुको महत्त्वपूर्ण धारणा पनि यसरी राखिएको छ –कमुनिष्ट पार्टीले समाजवादका नामबाट जनतामाथि शासन थोपार्ने कुरा साम्यवादी मूल्य मान्यताकै विपरित र विरुद्धमा थियो’। यस दृश्यमा कमुनिष्ट सत्ताको निर्माण, पतन, र कमुनिष्ट नेताहरू र कार्यकर्ताहरूको बारेमा धेरै राम्रा नराम्रा पक्षमा समीक्षात्मकधारणा आएका छन् ।
महत्त्वपूर्ण सन्देशहरू–
मोहीयानीहकको लागि सङ्घर्षबाट मोहीले आफ्नो हक लिएर छाडेका छन् । सङ्घर्षमा कसरी सफलता प्राप्त गर्न सकिञ्छ, कार्य विभाजन र कार्यन्वयन कसरी गर्नु पर्छ र सफलता कसरी हात पार्न सकिञ्छ भन्ने ज्ञान प्रदान गर्न सफल देखिञ्छ । सुस्ताको समस्यालाई बुलन्द आवाज उठाइएको छ । १९५०को असमान सन्धीबाट बाँधिएका कुरा यहाँ प्रष्ट्याइएको छ । पुनर्वासका जनताले भोक भोकै मर्न पर्दाको कारणको खोजी गर्दै भ्रष्टचारी पुनर्वासका कर्मचारीलाई र कालो बजारमा लाग्ने व्यपारीलाई जनकार्वाही, भोकबाट बच्चको लागि जमिनदारको गोदाममा भएका खाद्यान्न सामाग्रीलाई हिसाव किताव राखेर वितरण । सरकारले गास, वास, कपासको दायित्व लिनुपर्ने धारणा, महिला हिंसा विरुद्धको आन्दोलन, मदिरा विरोधी आन्दोलन र समाजिक आन्दोलन जस्ता आन्दोलनले कुलतमा लागेका जडेहा, भ्रष्टचारी कर्मचारीलाई सामाजिक र नैतिक कार्वाही गरेर रोक्न पर्छ भन्ने धारणा, नेपाल, भारत, भुटान, वर्मा र सिक्किममा बस्ने नेपालीहरूलाई राष्ट्रियताको अभियानमा सामेल गर्दै विश्वव्यापी जनमत तयार गर्ने उद्देश्यको सन्देश यो दृश्यको मञ्चन गरिएको छ । सुगौली सन्धी र गोर्खा भर्ती केन्द्रका कुराहरू उठाइएका छन् । नेपालको जल्दोबल्दो सुकुम्वासी समस्यालाई हल गर्नु पर्ने सन्देश आएको छ । नोभेम्वर ७, अन्तर्राष्ट्रिय मजदूर दिवसको दिनमा शहीदहरू र महान् गुरुहरू माक्र्स एँगेल्स, लेलिन, स्तालिन एव म माओप्रति श्रद्धाञ्जली अर्पण गर्दै कमुनिष्ट आन्दोलनमा दुई वटा अति या भड्काव दायाँ भड्काव र वाँया भड्काव देखिएका कुरालाई उठाइएको छ । धेरै संन्देशहरू यहाँ आएका छन् । सहभोज कार्यक्रमले सत्भाव कायम हुने सन्देश । अत्याचारीमाथि नैतिक कार्वाही गर्नु पर्ने र समाजिक आन्दोलनका राम्रो काम गर्नेअगुवाहरूलाई सम्मान गर्नु पर्ने नराम्रो काम गर्नेलाई कार्वाही गर्नु पर्ने सन्देश, माओको १३६ औं स्मरण दिवस मनाइएको छ र चिनियाँ, भारतीय श्रीलङ्का, रसियन, कोरियन, भुटान सिक्किम नेपाल कमुनिष्ट पार्टीका प्रतिनिधि लगायतले कमुनिष्ट पार्टीका आएका विचलनलाई राम्रो तरिकाले विश्लेषण गरेका छन् र पार्टीलाई उच्चाइमा पुर्याउन के गर्नु पर्छ भनी सुझावहरू दिएका छन् । समग्रमा यस कृतिले देशका बहुआयमिक घटनाहरूलाई समाएको छ र विश्व कमुनिष्ट आन्दोलनलाई उच्चाइमा पुर्याउन के कसरी सकिएन भन्ने धारणालाई प्रष्ट पारेको छ ।
पात्रहरू चयन –दृश्य अनुसार आवश्यक्ता अनुकुल पात्रहरू चयन गरिएका छन् । पात्रहरूले आक्नो जिम्मेवारी सकृय रूपमा निर्वाह गरेका छन् भाषाशैली र प्रस्तुति – भाषा सरल छ । थुप्रै पात्रहरूको प्रस्तुतिलाई पनि सुन्दर एव म सुसज्जित रूपमा लेखनकला दर्शिएको छ ।
अतः यो कानूनको खिलापमा कृतिकारले सङ्गठन विस्तार कसरी गरिञ्छ, सङ्घर्ष गर्दा के के कुरामा के कस्ता कार्य योजना बनाउने, कार्य विभाजन कसरी गर्ने, कार्यन्वयन कसरी गर्ने, नेतृत्व वर्गको कमी कमजोडीबाट कमुनिष्ट आन्दोलनलाई के कस्तो हानी पुर्याएको छ, नेतृत्व वर्ग र कार्यकर्ता बीचको सम्बन्ध कस्तो हुनुपर्छ, कमुनिष्ट आन्दोलनलाई के कसरी उच्चाइमा पुर्याउन सकिञ्छ, रुसको र चिनको कमुनिष्ट आन्दोलनमा कसरी विचलन आयो आदि विचारहरूलाई अनुकरणीय रूपमा प्रस्तुत गरिएको छ । कमुनिष्ट पार्टीमा आवद्धले मात्र नभएर सबै राजनीति दलका नेता कार्यकर्ताहरूलाई पनि यो कृति सहयोगी मार्गदर्शन बन्न सक्छ भन्ने धारणा राख्दै मेरो कलमलाई यही रोक्छु साथै किशन शर्माजीको लेखन तीब्रता अँझै दरविलो बन्दै जावस् भन्ने कामना गर्दछु ।
धन्यवाद
सदानन्द अभागी
२०७५ साल फागुन २६ गते,
कावासोती