शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन


शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन विषयक समलोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब ७४ +१८=९२ पृष्ठको छ मूल्य संस्थागत २००/– र व्यक्तिगत १००/–भएको यो किताबको प्रकाशन गुप्तेश्वर बहुउदेशीय पुस्तकालयले गरेको छ । प्रस्तुत कृर्तिलाई सर्सर्ती अध्ययन गरेपछि सारसंक्षेप्तमा के भन्न मन लाग्छ भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न ।

साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रूपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजको विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ र यसले समाजको यथार्थतालाई प्रष्ट्याउने कोशिस गर्दछ । आजको समाजमा उत्तरमानवतावादले जन्म लिएको छ । एउटा समालोचकले साधारण अध्ययनले समालोचनाको लागि दिइएको किताब सरसर्ती पढेर मात्र पुग्दैन । समालोचक गहन अध्ययन कर्ता र सबै क्षनेत्रको ज्ञान हासिल गर्न खोज्ने खालको हुनुपर्दछ । जवसम्म समालोचकमा विस्तृत ज्ञानको जानकारी हुँदैन, समालोचक र कृतिकारको कृतिमा पुलको काम गर्न सक्दैन, कृतिको बहुस्तरीय धारणा बुझ्न सक्दैन, कृतिलाई शब्द–शब्द बाक्य बाक्यमाओर्ली यसको मार्मिक यथार्थतामा कृतिहरू कसरी प्रष्टिन खोजेको हो । यसमा चिन्तन अध्ययन नगरी समालोचनामा ओर्लिन्छ भने त्यो समालोचना नभै मनचिन्ते अभिव्यक्तिमात्र हुन जान्छ ।

‘शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन’ कृतिको भूमिका लेख्दै बरिष्ठ साहित्यकार, समालोचक, कथाकार रुद्र ज्ञावलीले आफ्नो धारणा यसरी पोखेका छन् (‘ ….समालोचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्य माथि कलम चलाएर प्रशंसनीयमात्र होइन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपूर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तर विरोधको अभावबीच रहेर गर्नुपर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् ।’ ज्ञावलीको यो अभिव्यक्तिप्रति कृतिलाई अध्यण्यन गर्दा सहमति जनाउन चाहन्छु । पहाडीले थालनी गरेको यसप्रकारको समालोचनाले आजको खुम्चिदो समालोचनाको पक्षलाई फराकिलो पारेको छ । यथार्थपरक समालोचनाको यात्रामा कोशेढुङ्गा थपेको छ । प्रकाशकीयको कलमबाट पनि यस कृतिप्रति सत्यतथ्यको बारेमा यसप्रकारको कथन आएको छ –‘प्रस्तुत कृतिले यस क्षेत्रका पुराना स्रष्टा शान्तिनारायण श्रेष्ठको कविताबारे साङ्गोपाङ्गो समीक्षा गरेको त छ नै यसभन्दा बढी काव्य समालोचनाको क्षेत्रमा समाजशास्त्रीय अन्तर क्षेदनको थालनी पनि गरेको छ ।’ लेखकीयमा राजेन्द्र पहाडीको १२बूँदामा भावना प्रकट भएको छ । क

वि शान्ति नारायणको साहित्यिक यात्राउमेर र राजेन्द्र पहाडीको यथार्थ उमेर मेल खाँदैन । तर पनि राजेन्द्र पहाडीले उनको साहित्यिक यात्रालाई जलिरहेको दीपमा तेल थप्दै ज्वाज्जल्यमान प्रकाश छर्ने प्रयास गर्नुभएको छ । राजेन्द्र पहाडीले प्रश्न तेर्छ्याउने काम गर्नुभएको छ – मेरो सानो प्रयासले यिनीमाथि न्याय भयो या भएन ? मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने जिम्मा विज्ञ पाठकलाई सुम्पिन म उपयुक्त ठान्दछु’। यो प्रश्नको संक्षिप्त उत्तर न्यायपूर्ण उचित हुनुको साथै गरिमामय कामको थालनी भएको मैले महसुस गरेको छु ।

अब कृतिभित्र प्रवेश गर्ने अनुमति माग्दछु ।

कृतिलाई खण्ड ‘क’ र खण्ड खमा विभाजन गरिएको छ । खण्ड ‘क’मा तेह्रवटा शीर्षक छन् भने खण्ड ‘ख’मा तीनवटा शीर्षक छन् खण्ड ‘ख’का तीन शीर्षकहरूले खण्ड ‘क’लाई टेवा दिन सफल देखिन्छन् । राजेन्द्र पहाडीको समालोचनाको खँदिलो भागलाई अँझै गाडा पार्नको लागि स्रष्टाको दृष्टिमा कवि शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तिवृतले गहन भूमिका खेलेको छ । यी शीर्षकमा धेरै साहित्यकार, समालोचक र कविहरूले शान्तिनारायण श्रेष्ठप्रति आफ्ना घारणा पोखेकोले समालोचकको धारणालाई पुष्ट्याईँ गरेको देखिन्छ । खण्ड ‘क’मा समालोचकले कविको परिचय, साहित्यिक यात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरू, कवितासँग शान्तिनारायणको मोह, कवि कविता र अन्तरबस्तु, समाज र समय चेतना, साहित्य शिर्जनामा जीवनदृष्टिको आँखिझ्याल, मायावी स्वादका पारखी कवि राजनीति व्यङ्गवाणको रूपमा कविको कलम, समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका, आञ्चलिकता प्रस्तुतिमा कविको रुची भाषाप्रेमले सिर्जना भएका कविताका बान्कीहरू, छोटा कविताप्रतिको मोह र टुङ्गो, समावेश गरी, समिक्षालाई आकर्षक र प्रभावकारीरूपमा आफ्नो सक्षमतालाई प्रस्तुत गर्न समालोचक सफल देखिन्छन् । सर्वप्रथम राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जन्मदेखि कविता यात्रामा लागेको समय वि.सं. २०१० ताका स्कुल खोल्नका लागि गीतिलयको कविता लेखेको, वि.सं.२०१८सालको फागुन महिनामा शान्तिनारायणकै सम्पादनमा प्रकाशित हस्तलिखित आँकुरो मासिक साहित्यिक सङ्ग्रह वर्ष १, अंक १, शान्तिनारायण ‘दीपक’को नामबाट सुभेक्षा शीर्षकको कविता प्रकाशन गरेपछिमात्र काव्य सिर्जनाको रूपमा देखापरेको यथार्थलाई प्रष्ट्याउँदै ‘ मानवीय सेवालाई परमधर्म र साहित्य सिर्जनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मीठा नमीठा अनुभवका खानीहुन्, भकारीहुन्, भनेकाछन्, यसकृतिले समालोचनाको पाटोमा एउटा अध्याय थपेको छ र मोफसलका साहित्यकार र समालोचकको क्षमतालाई दर्शाएको छ ।

अब म समालोचक पहाडी र कवि शान्तिनारायण श्रेष्ठको सानो अभिव्यक्ति पोख्ने अनुमति चाहन्छु । शान्तिनारायण श्रेष्ठ मेरा समकालीन मित्र हुन् र उनी धौलागिरी अञ्चलकै एउटा खारिएका बरिष्ठ साहित्यकार पनि हुन् । उनी दुईदर्जनभन्दा बढी पुरस्कार तथासम्मानबाट आभुषित सामाजिक व्यक्तित्वहुन् । वि.सं. २०१८बाट आँकुरो हस्तलिखित पत्रिका सम्पादन गर्ने कामको थालनी गरेपछि पर्वतमाला र सगुनजस्ता पत्रिकाको सम्पादन गर्दै सम्पादकको भूमिका निभाएका छन् । सामाजिक संघसंस्थाहरूमा आवद्धतालाई केलाएर हेर्दा पनि शान्तिनारायण श्रेष्ठ दुई दर्जनजतिमा आवद्ध देखिन्छन् ।

शान्तिनारायण श्रेष्ठको जीवनी

शान्तिनारायण श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (सोधपत्र) त्रिभूवन विश्वविद्यालयद्वारा तीन–तीन जनाबाट गराइसकेको छ ।यस्ता साहित्यकार, समाजसेवी, गीतकारको समाजशास्त्रीय चिन्तनमा आफ्नो धारणा राख्ने युवा साहित्यकार समालोचकको जीवनी पनि अतुलनीय देखिन्छ । राजेन्द्र पहाडीसँग मेरो परिचय भएको करिब ५–७ वर्ष भयो होला । यो पनि साहित्यिक क्षेत्रभन्दा कृषिक्षेत्रमा कृषि कार्यलाई अगाडि बढाउने क्रममा सीड नेपाल, पर्वतको कार्यालयमा चिनापर्चि भएको थियो । साथै साहित्यिक अभिरुची राख्ने व्यक्तिको रूपमा चिनेको थिए । आजसम्मको अध्ययनमा उनले धेरै क्षेत्रमा आफूलाई उदाहरणीय रूपमा प्रस्तुत हुन सफल भएको पाएको छु । राजेन्द्र पहाडीका प्रकाशित कृतिहरूले समाज र सामाजिक क्षेत्रलाई अग्रसरता दिएको छ । उनको पहिलो कृति ‘महिला विरुद्ध हिंसा– एक सामाजिक विवेचना ’, २०६६ हो भने दोस्रो कृति पनि सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरू (२०६७ हो । यसैगरी उनको तेस्रो कृतिको रूपमा पर्वत साहित्य सङ्गम सङ्क्षिप्त सिंहावलोकन (२०६७), प्रकाशित भैसकेको छ भने शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन मेरो अगाडि छ र यसले समालोचनाको क्षेत्रमा अलग्गै महत्व दिन सफल देखिन्छ । राजेन्द्र पहाडीको चिनारीमा ‘सगुन’का प्रधान सम्पादकको साथै उनको सम्पादनमा‘ समुदाय र सृर्जना’ त्रैमासिक, ‘कफी आवाज’, त्रैमासिक, ‘चौतारी’ त्रैमासिक, ‘बगैंचा ’ स्मारिका बार्षिक –२ अङ्क, ‘बगैंचा दर्पण’ वार्षिक, ‘ ‘समाज कल्याण’ दर्पण, बार्षिक, ‘आफ्नै कुरा’ साहासिक रेडियो कार्यक्रम, (उत्पादन तथा उद्धोषण, रेडियो पर्वत १०३.६ मेघाहर्ज) आदिमा रहेको छ । थोरै अवधीमै राजेन्द्र पहाडीका लेख रचनाले अग्रस्थान लिनुका साथै एकदर्जनभन्दा बढी पुरस्कार, सम्मान, प्रशंसापत्रले विभुषित गरिसकेको छ । अतः शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन लिएर समाजशास्त्रको आधारमा समालोचना क्षेत्रमा अग्रसरता देखाउनु भएका समालोचक समाजशास्त्रीय चिन्तन बोकेका समाजशास्त्रीको एउटा अनुकरणीय कामको प्रशंसा गर्नैपर्ने धारणा ममा पलायो । यस कृतिको सरसर्ती अध्ययनले एउटा नयाँ कामको थालनी भएको महशुष गरेको छु । अन्त्यमा कवि शान्तिनारयण श्रेष्ठ र उनका कविताको समालोचक राजेन्द्र पहाडीलाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *