कोरोना संसार
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
शंका भो सरकार छौ अब कहाँ ? बाटो कता टुङ्गियो ?
नक्सा पास भयो र देश बलियो पार्ने कुरै बाँङ्गियो ।।
दोषी को, प्रतिपक्ष हुन् कि ? फितलो सत्ता तिमीनै डर्यौ ?
धम्कीले अरुको हट्यौ कि किन हो ? आफैँ बिरामी भयौ ? (१)
छोटो सोच लिएर के अब यसै लत्रेर बस्छौ तिमी ?
वार्ताले नभए छ कानुन बुझी हाम्रो फिराऊ जिमी ।।
नङ्ग्रा गाडिसक्यो निल्यो मुलुक यो चोक्टा लुछ्यो दुष्टले ।
तिम्रो हालत के भयो र यसरी मौनी बस्यौ ढुक्कले ।।(२)
अनुष्टुप:- छन्द
नीति धर्म नमान्नेले जेसुकै नि गरे भयाे
अतिथि देवता मान्नु पनि व्यर्थ हुदैगयाे
१
शब्द कडा छिरे ऐले बुझ्न सुन्नै सकिन्न त्याे
शीलता मासियाे अाज अश्लील शब्दले पिट्याे
२
नेपालीकाे यही भाषा सबैले शुद्ध बाेल्दथे
भासमा भासियाे ऐले अङ्ग्रेजी शब्द माेहले
३
भाषा त्याे नपढौँ भन्दा चल्दैन नपढे त्यही
त्यसैले बिग्रियाे बानी नया शब्द घुस्याे यहीँ
४
कस्ता शब्द यहाँ अाए ? नेपाली बाेलमा सिधै
लानउने अर्थ त्यो के हाे ? भन विज्ञ कुरा सबै
५
फैलियाे माफियातन्त्र छताछुल्ल हुदैगयाे ।
भ्रष्टकाे देशहाे भन्ने विश्वचर्चा हुदैछ याे ।।
भित्रियाे भ्रष्टकाे खेल लाेकतन्त्र दिलाउँदा ।
भ्रष्टाचार बढ्यो फेरि गणतन्त्र मिलाउँदा
घुसखाेरी यहीँ जन्मे गुण्डाका नईके यहीँ
अामाकाे मासु काटेर बेचिखाने सबै यहीँ
इतिहास रचेकाछन् भ्रष्टकाे हाेडमा जिती
कर्म कुकर्मले ढाके लाज लाग्दैन है ! रति
जोगी मालिक भै पसे महलमा छन् सिंह दर्बारमा ।
यौटाको बदला सयौँजन मिली खान्छन् लुटी देशमा l।
लाखौँ सम्पति जो भए नि उनको हिड्छन् मगन्ते हुदै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।
गर्थे भोज भतेर त्यो समयमा हामी डकार्दै गयौँ ।
धोका आज भयो समस्त जनमा ऐले खकार्ने भयौँ ।।
हामी दीन सबै बस्यौँ अभरमा; हेर्छन् तमासा तिनै ।
के नापिन्छ दिएर भोट यिनको ? कानै चिरेका सबै ।।
हजुरबा ! तिमी त भन्थ्यौ नि !!
सन्तानले डाँडाकाँडा ढाकुन् भनेर
त्यस्ताे काहाँ हुन्छ र ? हजुरबा !
दुई सन्तान ईश्वरकाे वरदान
हाे हजुरबा ! अहिले, यहाँ चलन फेरिएकाे छ
सन्तान जन्माउनु अगिनै
गयब हुन्छ अामाकाे पाठेघर
अनि त्यहाँकाे भ्रुण पनि
त्यसैले त अहिले
अायातित सन्तानहरू बढेका छन्
यहाँ सबै काम उनीहरूनै त गर्छन्
जस्ताेसुकै काम पनि गर्छन् उनीहरू
मात्र दिनुपर्छ एउटा नागरिकताको प्रमाण-पत्र
हाे हजुरबा ! एउटा कागजकाे टुक्रा
हजुरबा ! भन्थ्यौ नि तिमी,
कारखाना खाेल उत्पादन गर भनेर
सुन सुन भक्तजन् हाे भजन् गर्छु एउटा
पहाडकाे टाकुरामा बस्छन् देवी देउता
खेम्पालुङ भन्छन् सबै शिवधारा नाउँ
हिमालकाे फेदीमा छ मकालुकाे छेउ
गुफा भित्र शिवकाे धारा भक्तजन्लाई दिनेछन् सहारा
शिवधारा भने पनि गङ्गाजीकाे बास
अर्काे गुफा नजिकै छ पार्वतीकाे खास
गुफा भित्र पस्ने साथै स्वर्ग विर्साउँने
भक्तलाई नुहाईदिन धाराे अाफैँ अाउँने
अचम्मकाे छ शिवधारा भक्तलाई नुहाउने हरर
गुफा ठुलाे सयौँजना भक्तहरू अट्ने
पर्दैन है धाराे खाेज्न धाराले नै खाेज्ने
उभिएर पर्खिरहे अाफैँ अाउने धारो
धर्मात्माले भेटिहाल्छन् पापीलाई गारो
धर्मात्मालाई छन् शिवधारा पापीलाई छैन है सहारा
एउटा बुढो ढाक्रे !
साहुको भारी बोकेर; अोहोदोहोर गर्छ
नाम्लो चेप्टिए झैं उसको पेट
मानौं त्यो सारङ्गी हो
बज्ने गर्छ ; सारै नमिठो धुन निकालेर
हो सारङ्गी धुन निकाल्ने बाजा
कहिले नउक्सिने उसको पेट
बिचरा बुढो ढाक्रे
गलिसकेको उसको जीवन चक्र
ढलिसकेको जवानी
साठी बसन्त पार भैसक्दा पनि
मीठो मसिनो खान
चाडबाड नै पर्खिनुपर्ने
उसको बध्यता
तोक्माको आडमा ठिङ्ग उभिन्छ
चौतारीको एक्लो पिपल झैँ
एकछिन सुस्केरा हाल्छ
खुइय गर्दै बिसाउँछ फलैंचामा
भारी उसले बिसाएको हो वा
भारीले उसलाई बिसाएको हो ?
हेर्छ पल्याकपुलुक भोको पेट छाम्दै
आँखा पल्टाउँछ उकालो तिर
अनि अौँला भाँच्न थल्छ
लेख्यौ रे नव संबिधान कसरी यत्रो महाँजालमा ।
गर्दैछन् कतिले बिरोध यसको धारा दफाछन् जहाँ ।।
लेखेथ्यौ जब त्यो विधान सजिलै लेखेर खै के भयो ?
के हुन्थ्यो अब शान्ति कायम नभै समृद्ध नेपाल यो ।।
मैले जो सपना रचेर मनमा बुन्दै सजाएँ कति !
मेरो यो प्रिय देश बन्दछ दरो गर्दै नयाँ उन्नति !!
तिम्रो हाँक कता गयो बचनको ? अन्यत्र गै मडियो ।
उल्टो चाल हिडेर बन्छ कसरी ? समृद्ध नेपाल यो ।।
“आज पनि कान्छी गोरु लिएर खेतमा गएकी छे । हिजो दुईगरा जोतें भन्थी । बिहे गर्नु पर्छभन्दा पनि आमाबाबु पालेर बस्छु भन्छे ” – यो भनाई थियो हर्कबादुर लामाको । हर्कबहादुर लामा उमेरले सात दशक पारगरिसकेको छ । बुढी भने अलि भर्खरकी जस्ती देखिन्थी । बुढीलाई चैं सबैले पुतली दिदी भन्थे भने बुढालाई भेना भन्ने गर्थे । उनीहरूका सन्तानका रुपमा दुईवटी छोरी मात्र हुन् । छोरा पाउने रहर हुदाहुदै पनि भगवानले पत्याएनन् । जेठी छोरीको बिहे भयो दुईवटी नातिनी पनि भैसके । ऊ आफ्नै व्यवसाय गरेर बसेकीछे । ज्वाईं भने धनकमाउन खाडी मुलुक पसेको दुईवर्ष भयो कुनै खुटखबर छैन ।
कुमारीको घरबाट पारी डाँडामा मोटर कुदेको प्रष्ट देखिन्छ । कुमारीलाई भने त्यो मोटरमा चढेर टाढा कता कता जान मन नलागेको होइन, तर खै ! घर खेती र बस्तुभाउ यी सबै थोक त्यो मोटरमा अटाउन सक्तैनन् ।
उनका पति छोरो गर्भमै हुँदा मुंलान पसेको । मुंलान पनि के भन्नु र गाउँमा मान्छे कुटेर भागेको अँझैसम्म अत्तो पत्तो छैन । अस्ति नै एक पटक त बीर्खे कान्छाले बिराटनगरमा मोटरको डाइबर भएको छ भन्थ्यो । मोटर कुदाउँदै त्यो पारीको डाँडामा आएर पुँ पुँ बजाए पनि त हुने नि । कि उसलाई घरको छेउसम्म बाटो पुगेको थाहै छैन कि ! उसलाई घर आउन मन नभएर पो हो कि ! खै, के हो ! के हो ! !
आयो साल नयाँ त्रिहत्तर यहाँ, शन्देस ल्यायो कति ।
स्थायी शान्ति सँगै लिएर गतिलो, नेपालको उन्नती ।।
पाउन् बस्न सधैं रमेर दुनियाँ, आनन्द आनन्द मै ।
बाँड्दै यो शुभकामना दिन सकोस् सद्भाब बर्साउँदै ।।
हाम्रो यो जुन देशको उदयको, यै मृत्तिकाको कुरो ।
लाऊँ के शिरमा ? छ ताज जसमा, कैलाशको टाकुरो ।।
साँच्चै भाव नयाँ ती भाइहरुमा, सत्बुद्धि पैदा भई ।
हुन्छौं एक सबै मिलेर अहिले, सत्मार्ग पछ्याउँदै ।।
गाडी धेर गुडे थियो पथ अझै सानो भए झैं अहो !
खुम्च्याएर अझै पुगेन पृथिबी झन्झन् निचोर्दै गयो ।।
बाटो यो दिनको गुडेर छिनमा पुग्दै थियो मानिस ।
बाधा भो अझ त्यो गुडेर कसरी पुग्ने छ मान्छे अब ।।
बाटो काट्न कतै नसक्नु यसरी ताँती छुटेको त्यहाँ ।
छिन्को त्यो पथमा भयो कि त कतै दिन्मै नपुग्ने यहाँ ।।
बाटो यो कसरी बनो अघि त्यहाँ गाडी थिए हुन् कहाँ ?
यत्रो यो भबसागरै सरि अहो ढाकेर गुड्छन् त्यहाँ ।।
दियो सास्ती यस्ले सबजन त्यहीँ ताडित थिए ।
हुने छैनन् खुल्ला दिनदिन सधैं आकुल भए ।।
उठी हुन्थ्यो कैल्यै सुख ? न त बसी नै हुनगयो ।
कुजो भै बस्ता झैं हल न चलको आसन भयो ।। १।।
भयो बन्दा बन्दी सडक सब नौलो हुन गयो ।
न गुड्दैथे गाडी न त लहर मान्छे हुल अहो
कतै बोक्थे झण्डा अझ त कति डण्डा पनि थिए ।
अहो ! सल्क्यो आगो, सडक भर पुल्ठा कति बले ।। २।।
आयो काल बनी भयङ्कर ठुलो, हल्यो सबै धर्ति यो ।
कैयौं मानिस ती हताहत भए, सारै बिचल्नी परो ।।
कोहीका शव छन् विभत्स अति नै, चोक्टा र लाम्टा कतै ।
चिच्याएर कतै गुहार अरुको, माग्दै गरेका कतै ।।
हाहाकार भयो ढले महल ती, प्राचीनका सम्पदा ।
हेर्छौ देव यहाँ बिजोक अरुको, मन्दिर ढलेछन् उता ।।
सारा ध्वस्त भए, विशाल् भवन ती, छिन्मै मिले धर्तिमा ।
यस्तो दण्ड त्यहाँ दिएछ कसले ? के दर्द पोखौं यहाँ ।।
कालो बदलले अझै गगनमा, तर्साउने गर्छ रे ।
घुर्कीमा नमिलेर धम्कि सहितै, जत्था अघाडी बढे ।।
फोस्रो भाषण मात्रले अब कतै, ताली नबज्ने भयो ।
लेख्ने हो अब संबिधान कसर ? फैल्यो पुरै द्वन्द पो ।।
नेता यी सब देशबेच्न कसिए, दिन्नौं नि केही गरे ।
हाम्रा भोट सबै लगेर तिनले, ब्यापार गर्छन् भरे ।।
थोत्राछन् सब वाद, क्रान्ति तिनका, थोत्रा सबै मन्तर ।
थोत्राछन् अझ साथमा मगजका, फोस्रा उनै खप्पर ।।