सुन सुन भक्तजन् हाे भजन् गर्छु एउटा
पहाडकाे टाकुरामा बस्छन् देवी देउता
खेम्पालुङ भन्छन् सबै शिवधारा नाउँ
हिमालकाे फेदीमा छ मकालुकाे छेउ
गुफा भित्र शिवकाे धारा भक्तजन्लाई दिनेछन् सहारा
शिवधारा भने पनि गङ्गाजीकाे बास
अर्काे गुफा नजिकै छ पार्वतीकाे खास
गुफा भित्र पस्ने साथै स्वर्ग विर्साउँने
भक्तलाई नुहाईदिन धाराे अाफैँ अाउँने
अचम्मकाे छ शिवधारा भक्तलाई नुहाउने हरर
गुफा ठुलाे सयौँजना भक्तहरू अट्ने
पर्दैन है धाराे खाेज्न धाराले नै खाेज्ने
उभिएर पर्खिरहे अाफैँ अाउने धारो
धर्मात्माले भेटिहाल्छन् पापीलाई गारो
धर्मात्मालाई छन् शिवधारा पापीलाई छैन है सहारा
शिवगुफा भन्छन् काेही काेही खेम्पालुङ
शिवधारा भन्छन् काेही पार्वतीकाे धाम
अाेरिपरी भेटिनेछन् हिमालका बुटी
सुनपाती भैरुङ्पाती फुलेकाछन् धुपी
हाम्रैठाउँमा छन् शिवधारा भक्तजन्लाई नुहाउने हरर
अाेडारमा बास बस्तै पहाडकाे बाटाे
ढुङ्गा मात्रै भेटिनेछ छैन त्यहाँ माटो
देखिनेछन् अाेरिपरी सहस्र पाेखरी
दर्शन् गर्नु परैबाट चढाएर भेटी
नुहाएमा शिवकाे धारा पुन्यमिल्छ भक्तलाई अपार
लामाे बर्णन् किनगर्नु शिवधारा जहाँ
एकचोटी पुग्नैपर्ने सबैजना त्यहाँ
दर्शन् गर्नु शिवजीकाे गङ्गाजीकाे पनि
पार्वतीकाे क्रिडास्थल पून्यभूमी जानी
नुहाउनु शिवकाे धारा भक्तजन्ले पनउनेछन् सहारा
&
