Skip to content

भ्रष्टको देश

फैलियाे माफियातन्त्र छताछुल्ल हुदैगयाे ।
भ्रष्टकाे देशहाे भन्ने विश्वचर्चा हुदैछ याे ।।

भित्रियाे भ्रष्टकाे खेल लाेकतन्त्र दिलाउँदा ।
भ्रष्टाचार बढ्यो फेरि गणतन्त्र मिलाउँदा

घुसखाेरी यहीँ जन्मे गुण्डाका नईके यहीँ
अामाकाे मासु काटेर बेचिखाने सबै यहीँ

इतिहास रचेकाछन् भ्रष्टकाे हाेडमा जिती
कर्म कुकर्मले ढाके लाज लाग्दैन है ! रति

कमाएर भरे पाेल्टाे फाँकाे हाली सबै निले
बुक्काए मुख छाेपेर अँध्याराे तिर लम्किए

गर्छन् हालिमुहाली ती कब्जा गर्दै सबै तिर
नेपाल जननीलाई पीडा दिन्छन् निरन्तर

अामाकाे मुखमा कालाे माेसाे दल्छन् हरे ! किन ?
अन्धा सन्तानकी अामालाई अन्धी बनाउन ?

छाेराे जन्मेन है अामा ! इमान्दार र सज्जन
दुर्गन्धी कर्मचारी छन् युगौँदेखि अझै किन ?

खुम्चिदा देशकाे किल्ला जनसंख्या बढ्याे जहाँ
अायातित भए धेरै नगरिक मधेशमा

अधिकार तिनै माग्छन् भूमीपुत्र म हूँ भनी
नेताकाे भेषमा अाई अामालाई लुछीचुँडी

घर पाेली खरानीकाे भागबण्डा लगाउछन्
दाजुभाइ जुधाएर अाफ्नै डम्फु बजाउँङ

यस्तैछ हाल ए अामा ! बेहाल चालमालछ
नयाँ नेपालकाे नक्सा काेर्नेकाे नै छ हालत !
x @x

छन्द:- अनुष्टुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *