Skip to content

जितको अर्थ


नेपाल देश यो सानो, मैदान खेलको भयो
यौटाले गोल हान्दैछ, अर्को ठुलाे हुदैगयो
१

खेलाडी खेल्दछन् खेल, जित्छु भन्दै हतारिदै
सबै जित्ने महूँ भन्दै, खेल्दै गर्छन् जताततै
२

जित्ने एक भए मत्रै, हार जित छुटिन्छ है
सबै नै बिजयी बन्दा, हार जित हुदैन है
३

हार्नेले चैं म हार्दैछु, भन्दैन कहिले पनि
भन्छ त्यो जितेरै छाड्छु, जितेकै हूँ सधैंभरि
४

कोही हार्ने कुनै जित्ने , मिली खाथ्यौं सधै सधैं
खेलाडी हार भो भन्दै, गुहार माग्दछन् उहीँ
५

खेल्दैथ्यो खेल अर्कैले, हार्दैथ्यो देशले जहाँ
छैन है; जितको अर्थ, आजसम्म कतै यहाँ !
६

✊✊ ✊✊ ✊✊ ✊✊

Leave a Reply

Your email address will not be published. Required fields are marked *