Skip to content

भेरी सेक्सी

अनुष्टुप:- छन्द
नीति धर्म नमान्नेले जेसुकै नि गरे भयाे
अतिथि देवता मान्नु पनि व्यर्थ हुदैगयाे
१
शब्द कडा छिरे ऐले बुझ्न सुन्नै सकिन्न त्याे
शीलता मासियाे अाज अश्लील शब्दले पिट्याे
२
नेपालीकाे यही भाषा सबैले शुद्ध बाेल्दथे
भासमा भासियाे ऐले अङ्ग्रेजी शब्द माेहले
३
भाषा त्याे नपढौँ भन्दा चल्दैन नपढे त्यही
त्यसैले बिग्रियाे बानी नया शब्द घुस्याे यहीँ
४
कस्ता शब्द यहाँ अाए ? नेपाली बाेलमा सिधै
लानउने अर्थ त्यो के हाे ? भन विज्ञ कुरा सबै
५
जान्दिन श्लीलता के हाे ? अामा सेक्सी हुदै थिई
लगाऊ विज्ञले अर्थ, नेपाली शब्द हाे यही ?
६
खाेजेर भेटिने छैन मनकाे शब्दकाेशमा
छाेरी भन्छे अहाे मम्मी ! “भेरी सेक्सी ” भयौ यहाँ
७
सुन्दरी, कामिनी, राम्री भन्नु कि यौन गामिनी
तरुनी, कामनायुक्ता, यौवना, षाेडशी भनी
८
लाज हुन्छ अरे बाेल्दा नेपाली शब्दकाे ध्वनी
के अायाे जमाना यस्तो ? छाडेकै हाे यहाँ गति
९
अङ्क भाग्याे, हिड्याे सुन्ना ? जिराे मात्रै जताततै
अन्ठानब्बे जिरो पाँच भन्दछिन् ती बुढी बजै
१०
भूलेकै हाे स्वयम् भाषा अाफैँ दाेषी भएर कि ?
बिग्रियाे भ्रष्ट भाे बुद्धी अङ्ग्रेजीले दियो यही
# @#

Leave a Reply

Your email address will not be published. Required fields are marked *