Skip to content

लेख्तैनन् अब संविधान

TikaMilan-04


कालो बदलले अझै गगनमा, तर्साउने गर्छ रे ।
घुर्कीमा नमिलेर धम्कि सहितै, जत्था अघाडी बढे ।।
फोस्रो भाषण मात्रले अब कतै, ताली नबज्ने भयो ।
लेख्ने हो अब संबिधान कसर ? फैल्यो पुरै द्वन्द पो ।।

नेता यी सब देशबेच्न कसिए, दिन्नौं नि केही गरे ।
हाम्रा भोट सबै लगेर तिनले, ब्यापार गर्छन् भरे ।।
थोत्राछन् सब वाद, क्रान्ति तिनका, थोत्रा सबै मन्तर ।
थोत्राछन् अझ साथमा मगजका, फोस्रा उनै खप्पर ।।

उफ्री भाषण गर्छ त्यो सदनमा, नारा उराल्दै किन ?
गर्ने क्रन्ति अझै भनेर सुरिए, बिद्रोहमा दिन्दिन ।।
हुन्थ्यो देश बिकास उन्नत सबै, गर्दैन कोही पनि ।
गर्दाहुन् अब खै र क्रान्ति ? तिनले आफै मपाईं बनी ।।

झुट्टा भाषण छन् प्रभाब सबमा, पर्दैन केही गरे ।
बुझ्दैछौ कि कतै, कुनै नियम छन्, ? छन् बात उस्तै भरे ।।
बन्ला है अब संबिधन कसको ? कुन् स्वार्थ पछ्याउला ?
सोझा यी जनता बिरुद्ध कसरी, त्यो स्वार्थ फस्टाउला ?

माग्दै छन् धन यी कतै जन भनि, माग्ने इनै हुन् त्यहाँ ।
माग्छन् भोट कतै अमुल्य छ भनी, क्वै मुल्य तोक्छन् यहाँ ।।
एस्ताको भरमा छ देश कसरी, लाग्ला सुबाटो तिर ?
नेपाली जनमा छ हिम्मत भने, नेता बहिस्कार गर ।।

ज्यूँदो जङ्गबहदुरै कि त अझै, यो देशमा जन्मियोस् ।
यी द्रोही सबलाई हुर्मत लिई, डाँडो कटाई दियोस् ।।
गर्दै स्वच्छ सुशाषनै अघि बढोस्, त्यो शान्तिको मार्गमा ।
लेख्तैनन् अब संबिधन इनले, झन् भाँड गर्छने त्यहाँ ।।

२०७१।१०। १९
इटहरी —५ पचरुखी
छन्द :– शार्दूलबीक्रिडित
गण :– म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *