Skip to content

चार मुक्तक (ब्रम्हशक्ति ईलेक्ट्रोनमा)


ब्रम्हशक्ति ईलेक्ट्रोनमा निहित हुन्छ
बिष्णु शक्ति प्रोटोनमा निहित हुन्छ
पूजा होइन प्रेमको खाँचो छ प्रकृतिलाई
शिव शक्ति न्यूट्रोनमा निहित हुन्छ ।

जून तारामा प्रकृतिबाटै चाँदनीको घेरा जडिएको छ
प्रकृति कै शक्तिले हिमाल पहाड ठडिएको छ
तिमीले आजसम्म जसलाई ईश्वर मान्दै आयौ
त्यही ईश्वर ईलेक्ट्रोन, प्रोटोन र न्यूट्रोंनमा अडिएको छ ।

बा आमाले भन्नु भो र मान्न कर लाग्छ
जीवन यात्रामा यही समाजको भर लाग्छ
असंख्य छन् धार्मिक गोहीहरु समाजरुपी जलाशयमा
अन्तरात्माले मान्दैन तर यस्तै गोहीको डर लाग्छ ।

सन्तोषीलाई स्वर्ग यहीं
असन्तोषीलाई नर्क यहीं
श्रमको पूजारीलाई
सुन चाँदीको अर्क यहीं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *