नेपाली गालामा फुल्नु पर्ने,
ए ! लालीगुराँस बन पाखामा मात्र फ़ुल्यौ
मनको धुलो मैलो पखाल्नु पर्ने,
ए ! अम्लिसो भीर पाखामा मात्र झुल्यौ
हिमाल पहाड तराई मधेश सबै तिम्रै त हुन्,
ए ! गगन आरोही सगरमाथा
सबैलाई साथ लिएर चुलिनु पर्ने,
तिमी आफै मात्र किन चुल्यौ ।
जसलाई अनन्य मित्र सम्झें
उसैबाटै जब विश्वासघात हुन्छ
जसलाई उज्यालो दिन संझेको थिएँ
उही जब कालो रात हुन्छ
कालो बादल झैं जब मडारिन थाल्छन्
तिम्रा ती सहानुभूतिका शब्दहरू
तब ती मेरा मनका घनिभूत पीडाहरू
आँसुमा अनुवाद हुन्छ ।
