आजको पुस्ता
लोक संस्कृति र पुर्खाको वीर गाथा
प्रकृतिले दिएको सगरमाथा
देखाउँदै आजका पुस्ताले भन्ने गरेका छन्
हाम्रो मौलिक पहिचान छ
हाम्रो गौरव उचा छ
यसैमा हाम्रो शान छ ।
गौरवको
ब्याजमा पालियौं
साँवामा मोज गर्यौं
ब्याज त सकियो सकियो
साँवा पनि सकियो ।
संक्रमण र अकर्मण्यताले
आकाँक्षाको हात खुट्टा सिक्रीमा छ
भोकमरीले मर्नुभन्दा
अब यो देश
लिलाम बिक्रीमा छ ।
