नैतिकताको पहाड चढ्न सबको खुट्टा गल्छ
कामभन्दा बढी तुफान एक्सप्रेस जीव्रो चल्छ
यो देश तिम्रो भएकैले होला हे पशुपतिनाथ !
धन सम्पति देख्नै हुन्न सबको तीन नेत्र बल्छ ।
गरिबी र निवारण दुई शब्द मागी खाने भाँडो भो
गरिब र जनता दुई शब्द सरकारलाई घाँडो भो
भ्रष्ट र आचार दुई शब्द मिलेपछि यो देशमा
सभ्यता र विकास दुई शब्द चढ्नै नसकिने डॉडो भो ।
(टुकीको उज्यालोबाट)
पोखरा
