केतकी फूलको पराग जस्तै देखिन्छ्यौ जब तिमी खुशाउँछ्यौ
प्रियाँगुल फूल जस्तै देखिन्छ्यौ जब तिमी शर्माउँछ्यौ
तिम्रो चरित्र बुझ्न दैवले पनि सक्दैन मान्छेको के कुरा
तीखो त्रिशुल जस्तै देखिन्छ्यौ जब तिमी रिसाउँछ्यौ ।
पन्चेको पालामा सर्वे सर्वा हुन्थे अञ्चलाधिशहरू
आज पर्यन्त न्यायका ब्यापारिरहे न्यायाधिशहरू
समबेदना र सहिष्णुताको रगतले होली खेलिरहे
भगवान र धर्मका ठेकेदार मठाधिश र पीठाधीशहरू ।
